Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

लेनिन पिक चड्न लागेका लालबहादुर जिरेललाई युवा संघ नेपालको झण्डा हस्तान्तरण

नेकपा(एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालबहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् ।सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गर्नुभएको हो ।

सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएको हिमाल आरोही जिरेल किर्किस्तानको लेनिन पिक चढ्न किर्किस्तान जान लाग्नुभएको र उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा ब्यक्त गर्नु भएकोले उहाँलाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताए । एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहनु भएका जिरेल प्रसिद्ध हिमाल आरोही हुन । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहनु भएका उहाँले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरि सक्नु भएको छ ।

उहाँले मनास्लु हिमाल एक पटक,आमा डवलमा ३ पटक पुमरी एक पटक, मेरा पिक ५ पटक सिंगो चुली एक पटक, टेन पिक २ पटक ,दम्पोस पिक एक पटक ,लार्के पिक एक पटक,अम्विगेप्चेन एकपटक,आइसल्याण्डपिक एक सय २० पटक, लवुजेपिक ३० पटक, सोलु पिक एक पटक,लाङसिसरी एकपटक, नयाँकाङ ३ पटक, एलापिक ३ पटक,रमुदङ एक पटक,खाम्सेकु एक पटक लगायत २६ वढी हिमाल आरोहण गरिसक्नु भएको छ । नेपाल वाहिर किर्किस्तानको लेनिन पिक यस अघि पनि चढी सक्नु भएको छ ।

झण्डा हस्तान्तरण कार्यक्रममा संघका महासचिव जिएम, उपमहासचिव अशोक दहाल, प्रवक्ता सन्जिप राई, कार्यलय प्रमुख नरेश गिरि, कोषाध्यक्ष दिपक दुवाडी, स्थाइ कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो ।अध्यक्ष शाहीले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गरेका थिए ।

TOP