सेवा प्रवाहलाई नतिजामुखी र गुणस्तरीय बनाउनुपर्नेमा सञ्चार मन्त्री कार्कीको जोड
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनता सन्तुष्ट हुने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७८०७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले सेवा प्रवाहलाई नतिजामुखी, प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नमा बनाउनुपर्नेमा जोड दिएका हुन् ।
जनमुखी योजनामा बजेटको सुनिश्चितताका लागि आफूले पहल गर्ने प्रतिवद्धता सहित मन्त्री कार्कीले विगतको समीक्षामार्फत सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउनु पर्ने बताएका छन् ।
क्षमता अभिवृद्धि र गुणस्तरीयतामा ध्यान दिन दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिएका उनले नेपाल टेलिकमको सेवाका सन्दर्भमा जन गुनासो बढेको तर्फ ध्यानाकर्षण गराएका छन् ।