समयको सहि व्यवस्थापनले सुदूरपश्चिमलाई ब्राण्ड बनाउन सकिन्छ : अर्थमन्त्री शाही
धनगढी । सुदुरपश्चिम प्रदेशलाई ब्राण्ड बनाउने आफ्नो इच्छा रहेको प्रदेश अर्थमन्त्री नरेशकुमार शाहीले बताएका छन् । सुदुर पश्चिम भन्ने बित्तिकै हेयको नजरदे हेर्ने गरीएको प्रति आपत्ति जनाउँदै मन्त्री शाहीले अब शुदुर पश्चिम प्रदेशलाई समय ब्यवस्थापनको मामिलामा ब्राण्ड बनाउ सबैलाई आग्रह गरे । कैलाली जनपुस्तकालयको ४६ औं साधारण सभा आफ्नो भनाइ राख्दै आर्थिक मामिला मन्त्री शाहीले यस्तो इच्छा ब्यक्त गरेका हुन् ।
नेपालीहर जहाँ पुगेपनि ढिलोगरेर पुग्ने गरेको उल्लेख गर्दै शाहीले अब शुदुर पश्चिमका जनताले भने ठिक समयमा कार्यक्रमामा उपस्स्थिती जनाएर समयको पालना गर्नेमा शुदुर पश्चिमका जनताले नयाँ उदाहरण प्रस्तुत गनुए पर्ने बताए । अब सबै काम ठिक समयमा सुरु गर्नु पर्छ, यति काम सुदुरपश्चिमका जनताले मात्रै गर्यौ भने पनि निकै ठुलो परिवर्तन हुन्छ उनले भने ।
उनले भने ‘जति समयमा पुग्नु पर्ने त्यति समयमा पुगौं त, त्यसको प्रभाव कति पर्छ ? हामिले निरन्तर प्रयास गर्यौ भने नयाँ उदाहरण स्थापित गर्न सक्छौं’ । कार्यक्रममा मन्त्री शाहीले प्रदेशको आम्दानी डेढ अरब मात्रै रहेको तर खर्च भने १२ अर्ब रहेको बताए । उनले ‘भने जब हामी खर्च चलाउन केन्द्रको मुख ताक्छौं तब दिनेले लिनेलाई त हेप्छनै’ । मन्त्री शाहीले आफुहरु प्रदेश सरकार जनताको सरकार बनाउने पक्षमा रहेको बताए ।