Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या ३,०१९ पुग्यो – थप १५० मा संक्रमण

नेपालमा कोभिड पेण्डामिकबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या ३०१९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ ।

नेपालमा कोरोना संन्त्रास सुरु भएको १ बर्ष बढि भै सकेको छ भने गत चैत ११ गते देशब्यापि लकडाउनको घोषणा गरेको थियो । लकडाउनमा जनताले अत्यन्त अप्ठेरो अवस्थाको सामना गर्न परेपछि लकडाउन खुकुलो बनाईयो । यो संगै बिस्तारै जनताहरु संन्त्रासको माहौलबाट त हटे तर सुरुवाती समयमा जस्तै स्वास्थ्य सावधानी नअपनाउँदा र भ्याक्सीन, उपचार लगायतको उपलब्धता नहुँदा अहिले सम्म मृतु हुने क्रम रोक्किएको छैन ।

TOP