Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

‘तिम्रो मेरो साथ’लाई शनिबार दर्शकको साथ

गत शुक्रबार अर्थात् पौष २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘तिम्रो मेरो साथ’ले दर्शकबाट राम्रो साथ पाएको छ । शुक्रबार औषत सुरुवात गरेकको सिनेमालाई शनिबार दिवा शोबाट दर्शकको राम्रो साथ मिलेको निर्माण टिमले जानकारी दिएको छ ।

शनिबार निर्माण टिम अभिनेता पुष्प खड्कालाई लिएर राजधानीका विभिन्न हल पुगेको थियो । बिशेषगरी अष्टनारायण हलमा दर्शकको चाप राम्रो देखियो । जहाँ पुष्प पुग्दा दर्शकले सेल्फी खिच्नुकम साथै सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएको निर्माण पक्षको दाबी छ ।

सिनेमाका निर्माता तथा डेव्यु निर्देशक रमेश एमके पौड्लले दर्शक प्रतिक्रिया र साथले उत्साहित मिलेको बताउँछन् । दर्शकबाट राम्रो वर्ड अफ माउथ मिलेकाले पनि आगामी दिनमा दर्शक संख्या बढ्ने विश्वास व्यक्त गरे । आइतबार आज माघे संक्रान्तिको परेकाले पनि दर्शकको साथ राम्रो मिल्ने कार्यकारी सबिर श्रेष्ठले बताए ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीका अलवा सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकिय सिनेमा हो ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सह-निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

TOP