Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

विकाससम्बन्धी छुट्टै ऐनको विधेयक तयार भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले,विकाससम्बन्धी छुट्टै ऐनको विधेयक तयार भइरहेको बताएका छन् । विश्वासको मत लिने क्रममा प्रतिनिभिसभा बैठकमा बोल्दै उनले,पुरानो विकास योजनाको नीति तथा कार्यक्रमलाई टालटुल गरेर काम चलाउने भन्दा त्यो क्रमलाई भंगगर्न आवश्यक भएको बताए उनले भने ‘ विकाससम्बन्धी छुट्टै ऐनको विधेयक तयार भइरहेको छ । राष्ट्रिय गौरव लगायतका ठूला परियोजनाहरूको निर्माणलाई निर्धारित लागत, गुणस्तर र समयमै सम्पन्न गर्न बजेट र जनशक्ति अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।’

उनले ठेक्का लिएर काम पूरा नगर्ने, बीचमै काम छोड्ने तथा काममा विलम्ब गर्ने निर्माण व्यवसायीहरूलाई सचेत गराइएको भन्दै बारम्बार म्याद थप्दा पनि काम पूरा नगर्ने व्यवसायीलाई कालोसूचीमा राखिएको दाबी गरे । आशा गरेभन्दा उत्पादनको क्षेत्रमा कम विकास भएको भन्दै उनले भने हाल प्रयोगमा रहेको विकास योजनाहरुमा पूर्वाधारको व्यवस्थाबाट विकासको ढोका खोल्ने प्रयास भइहरेको बताए । उनले थपे ‘खेतियोग्य जमिन बाँझो हुँदै गएका छन् । युवाहरु रोजगारीका लागि विदेशिने क्रम घटेको छैन् । यो अवस्थाबाट पार पाउन पहिले कार्यान्वयन गरि आएका नीति योजना र कार्यक्रममा टालटुल गर्ने सुधार अब सम्भव छैन् ।त्यसमा क्रमभंग नै जरुरी छ ।’

TOP