सन्दीप लामिछाने आज रिहा हुँदै
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै आज थुनामुक्त हुने भएका छन् । लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पु¥याएर लामिछाने शुक्रबार रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।