Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

प्रचण्ड विश्वास गर्न लायक मान्छे नै होइन्, विश्वास छैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।बैठकमा एमाले अध्यक्षले भने ‘आज हामी धेरै कुरा केही भन्दैनौ । विश्वास छैन भन्ने कुरा गर्छौ । तपाई विश्वास लायक मान्छे नै होइन् ।’ संसदीय प्रणालीमा कैले कैले यस्तो हुने भन्दै ओलीले यसअघि अलि अलि विश्वास थियो र मत दिएको तर अब भने त्यो विश्वास समेत कामय नरहेको तर्क गरे ।उनले भने ‘ कैले कैले संसदको विडम्बना यस्तो पनि दिन आउँदो रहेछ । यस्तो मान्छेलाई विश्वास छ भनेर । हेर्दा हेर्दै यहाँ विश्वास पनि प्रकट हुन सक्छ यो संसदीय प्रणाली हो । त्यसो हुनाले हामी विश्वासको मत दिन सक्दैनौं नभएको विश्वास कहाँबाट ल्याउँ तपाई विश्वास लायको मान्छे नै होइन ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले, प्रचण्डले आफुले प्रधानमन्त्री बनाएको भोली पल्टै प्रचण्डले धोका दिएको भन्दै आक्रोस पोखेका थिए । उनले पार्टी भित्रै पनि प्रचण्ड विरुद्व बोल्ने मान्छे नभएको र उनले अरुको कुरा नसुन्दा गठबन्धन नटिकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिइरहेका छन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।

TOP