Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

विमान दुर्घटना:अमेरिकाबाट नेपाल घुम्न आएका थिए टिकटकर हरि-श्रीमती र छोरा-छोरी सहित निधन

आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा अमेरिककाबाट पोखरा घुम्न आएका एकै परियारका ४ जनाको निधन भएको छ । टिकटकमा चर्चित रहेका  ”योयो चेक हरि परियार ईज व्याक’ भन्ने क्यारेक्रटरका रुपमा चर्चित रहेका अमेरिका निवासी हरी परियार सहित परिवारका ४ सदस्यको विमान दुर्घटनामा निधन भएको हो ।

विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएको दुर्घटनामा परेर ३७ बर्षीय परियार सहित उनकी श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृस परियारले एकसाथ ज्यान गुमाएपछि आफन्त तथा बाँकी परिवार सदस्य शोकमा डुवेको छ ।

काठमाडौं विमानास्थल अवतरण गर्ना साथ टिकटक मार्फत मायाको माया र महत्व दर्साउँदै टिकटक राखेका उनि यहि माटोमा सिङ्गो परिवार सहित संधैका लागि अस्ताएका छन् । टिकटकमा हरी परियार ईज व्याक अगेन भन्दै उनि फेरी आउने छैनन् आजबाट । कसैले नेपाल विरोधी अभिव्यक्ति दिए तुरुन्तै गाली गलोजमा यत्रने हरीको देशप्रेमका कारण पनि उनका फ्यान फलोअर्स राम्रो संख्यामा रहेको देखिन्छ ।

पोखरा घुम्न आएका हरि परियार परिवार सहित विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएको थिए । बिदा मनाउन काठमाडौं आएको केही दिनमा पोखरा घुम्न गउका उनीहरूको निधनको खबरले अमेरिकाको नेपाली समुदाय पनि स्तव्ध बनेको छ ।

@pariyarkingofficial07

♬ Take Me Home, Country Roads – John Denver

TOP