Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

माओवादीसंग पार्टी एकीकरणको कुरा हल्ला मात्रै हो : गजुरेल

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले आफ्नो पार्टी हाल सत्तामा रहेको माओवादी संग मिल्न लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । इच्छुक साँस्कृतिक प्रतिष्ठान अनामनगरमा आयोजित २५ औँ साँस्कृतिक प्रतिरोध दिवसमा बोल्दै उनले, आफ्नो पार्टी एमाओवादीसंग मिल्न लागेको भन्ने कुरामा सत्यता नरहेको बताएका हुन् । पूर्व माओवादी एक ठाउँमा आउन लागेको विषयलाई लिएर आफ्नो पार्टी (नेकपा क्रान्तिकारी माओवादी) ले हाल सत्तामा रहेको सरकारी माओवादीसंग मिल्न लागेको कुरा यथार्थ नभएको उनको तर्क छ । उनले प्रचण्ड नेतृत्वको माओवादीलाई सरकारीे माओवादीको संज्ञा दिएका उनले त्यो बाहेकका माओवादी पार्टीबीच कार्यगत एकताको प्रयास पनि असफल भएको बताए । उनले भने ‘पूर्व माओवादी जति सबै मिले भनेर प्रचार भएको छ। हामी मिलेका छैनौ,हामीले प्रष्ट भनेका छौं की सत्तामा भएको माओवादीसंग हाम्रो जुन छलफल भएको छ कार्यगत एकताको लेवलमा मात्रै छलफल भएको छ । यो संयुक्त मोर्चा पनि हैन्, पार्टी एकता पनि होइन ।’

पूर्व माओवादीहरु जेल पर्ने डरले मिले भनेर मिडियाले गरेको प्रचार गलत भएको उनको धारणा थियो । आफ्नो पार्टी जनयुद्धलाई शान्ति प्रकृयाबाट समाधान गर्ने प्रकृयाको पक्षमारहेकाले पूर्व माओवादी एकै ठाउँमा उभिन खोजेको उनको भनाई छ । तर माओवादीले तयार पारेको अपिल पढेपछि त्यसलाई जस्ताको त्यस्तै स्वीकार गर्न नसकिने भन्दै संसोधनका लगि आफ्नो पार्टीको सुझव दिएको र त्यसलाई देखेर प्रधानमन्त्री तर्सिएको उनको टिप्पणी छ । उनले आफ्नो पार्टीले संसोधनका लगि पठाएको सुझावलाई प्रधानमन्त्रीले हटाएकाले सत्तामा भएको माओवादीसंग पार्टी एकता त के कार्यगत एकता समेत हुन नसक्ने बताए ।

TOP