Trending

रेशम चौधरीलाई रीहाई गर्न माधब नेपालको माग

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रेशम चौधरीलाई छाड्न सरकार सँग माग गरेका छन् । अदालतबाट जन्मकैद फैसला पाएर कारागारमा रहेका रेशम चौधरीलाई छाड्न नेपालले सरकारसँग माग गरेका हुन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘रेशम चौधरी र टीकापुर घटनाको सन्दर्भमा पनि रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्च प्राथमिकता दिएर लागोस् । उहाँ यसअघिको यही संसदको माननीय हुनुहुन्थ्यो ।’

नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई समर्थन गरेपनि चौधरी रिहाइको माग गरिरहेको छ । सरकारमा सहभागी हुनको लागि चौधरीलाई रिहाइ र टिकापुर घटनाको आरोपिहरुको मुद्दा खारेज हुनुपर्ने उनको अडान छ ।

TOP