एलपी ग्याँसको खपत निरन्तर घट्दो क्रममा
काठमाडौं । पछिल्लो समय खानापकाउने ग्याँसको खपतनिरन्तर घट्ने क्रममा रहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतिय चुलोको प्रयोग बढेसँगै खाना पकाउने ग्याँसको खपत घटेको हो ।नेपाल आयलनिगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म ३लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्याँस खपत भएको थियो । तर, चालु आर्थिक वर्षको सोहीअवधिमा २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँस मात्रै खपत भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो ।
निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्याँसको खपत वर्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने पछिल्लो सातम हिनामा ग्याँसको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ ।