मगर संघ अमेरिकाले टेक्सस सहित ६ राज्यमा संस्कृति प्रदर्शन सहितको माघे संक्रान्ति विषेश कार्यक्रम गर्दै

मगर समुदायको राष्ट्रिय पर्व माघे सक्रान्तीको अवसर पारेर यस बर्ष अमेरिकाका नेपाली वाहुल्य विभिन्न राज्यहरुमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु हुने भएको छ । अंग्रेजी नयां बर्ष २०२३ को अवसर मगर संघ अमेरिकाले यस बर्ष टेक्सस सहित ६ राज्यमा माघे संक्रान्ति विषेश कला संवद्ध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

माघे सक्रान्ति विषेश यस कार्यक्रमबारे विचार विमर्ष सहितको अन्तरक्रियाका लागि मगर संघ अमेरिका केन्द्रिय समितिले राखेको भर्चुअल बैठकमा च्याप्टर कमिटीका अध्यक्षहरुले तयारी पुरा भएको जानकारी दिएका छन् ।

सार्वजनिक जानकारी अनुसार पहिलो कार्यक्रम नेपाली वाहुल्य राज्य टेक्सस र वाल्टिमोरमा जनवरी १४ तारिक आयोजना हुंदैछ । संघका सम्बन्धित राज्य च्याप्टरको समन्वयमा आयोजना हुंदै गरेको कार्यक्रम अन्तरगत न्युजर्सी , कोलोराडो र सिकागोमा जनवरी १५ र न्युयोर्कमा जनवरी २२ तारिकका दिन आयोजना हुदैछ ।

बिं सं २०६५ सालमा नेपाल सरकारले माघे सक्रांन्तिलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गरे संगै अमेरिकामा रहेका मगर समुदायले मौलिक पर्व माघे संक्रान्ति विषेश रुपमा मनाउदै आएका छन् ।

पहिलो कार्यक्रम अन्तरगतको टेक्ससमा हुने कार्यक्रम

मगर समुदायको राष्टिय पर्व माघे सँक्रान्तिको अवसरमा अमेरिकाको टेक्सस राज्यमा सांगितिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । मगर संघ अमेरिका टेक्सस च्याप्टरको आयोजनामा जनवरी १४ शनिवारका दिन टेक्ससको अर्भिङ्गमा माघे संस्कृति २०२३ नामक संस्कृति प्रदर्शन सहितको साँगीतिक तथा साँस्कृतिक कार्यक्रमको हुने भएको हो ।

अर्भिङ्ग स्थित करी लिफ रेष्टुरेण्टमा आयोजना हुने कार्यक्रम मध्यान्न ४ बजेबाट सुरु भएर मध्य रात १२ बजे समापन हुनेछ ।जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौं आफ्नो मातृभूमिलाई, जोगाई राखौं युगौंयुग हाम्रो मौलिक कला संस्कृतिलाई भन्ने मुल नाराका साथ आयोजित ८ घण्टा लामो कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारको साथमा सांगीतिक तथा कला संस्कृतिमय कार्यक्रमहरु रहेका छन् । जस अन्तरगत प्रत्यक्ष लाईभ दोहोरी, कौरा, सालैजो, सोरठी, खैजडी, हुर्रा, नौमती बाजा साथै विविध सांस्कृतिक कार्यक्रम रहेका छन् ।

ख्यातिप्राप्त कलाकार तथा बाद्यवादक सहितको साँस्कृतिक तथा साँगीतिक कार्यक्रममा कलाकारहरु भिम चापागाईं, संगीता थापा मगर, भिम थापा मगर, डिपि खनाल, लिलु गुरुङ, रोषन पराजुली, आयुष ढंगोल, कुशल पोखरेलको साथमा स्थानिय कलाकारको पनि प्रस्तुति रहने छ ।
यूएस खबर मिडिया नेटवर्क एण्ड कर्पोरेशन मिडिया पाटनर रहेको कार्यक्रमा उपस्थितीका लागि छुट्टा-छुट्टै प्रवेश शुल्कको व्यवस्था गरिएको छ । प्रवेश शुल्क ३० डलर राखिएको कार्यक्रममा भिआईपी प्रवेश शुल्क भने ५० डलर राखिएको छ । जसमा डिनर समेत यसै शुल्कबाट गर्ने सकिने व्यवस्था रहेको छ ।

TOP