Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

नेपाली समाज टेक्ससको बार्षिक कार्य प्रतिबेदन

गत डिसेम्बर २६ तारिक सम्पन्न निर्वाचनको केही समय पछि नेपाली समाज टेक्सास एनएसटीको नयाँ कार्यसमितीमा थप ३ जना उपाध्यक्ष मनोनयन गरेको छ । नयाँ कार्यसमितीको पहिलो बैठकबाट बिधान बमोजिम कार्यसमितीलाई पुर्णता दिने क्रममा नयाँ कार्यसमितीको सपथ ग्रहण लगतै बसेको एनएसटीको बैठकले उपाध्यक्ष पदमा किरण पौडेल र मुकेश यादवलाई र महिला उपाध्यक्ष पदमा डा बिष्णुमाया उपाध्यायलाई मनोनित गरेको हो ।
पहिलो पटक निर्वाचन प्रणाली मार्फत सम्पन्न एनएसटीको नयाँ कार्यमितीमा अध्यक्ष पदमा राजेन्द्र वाग्ले वरिष्ठ उपाध्यक्षमा विवेक कणेल, उपाध्यक्ष पदमा जनक भण्डारी , महासचिव पदमा सन्देश उप्रेती, सचिव पदमा हरी प्रसाद खनाल, कोषाध्यक्ष पदमा दिनेश न्यौपाने, सह कोषाध्यक्ष पदमा गोविन्द गौतम, महिला संयोजक पदमा गुञ्जन भण्डारी, युवा संयोजकमा जेनिन पुरी लगायत सदस्यहरु बिजय भुषाल, सरोज सिग्देल, पुण्य पाण्डे, बलराम पौडेल, महेन्द्र पुन, रबिन पाठक र शान्ता गिरी निर्वाचित हुनुभएको थियो । जसमा पछि थप गरिएका ३ उपाध्यक्ष पौडेल, यादव र उपाध्यय सहित हाल एनएसटीको कार्यसमितीमा १९ जना पदाधिकारी रहेका छन् ।

समाजका महासचिव सन्देश उप्रेतीद्वारा प्रस्तुत हुने बार्षिक कार्य समिक्षा प्रतिवेदनमा उल्लेखित मुख्य कार्यहरु: 

पाठशाला संचालन
कार्यसमिती निर्वाचनको २ महिना भित्रमा एनएसटीद्वार संचालित ’ग्लोवल नेपाली पाठशाला’मा प्रिन्सीपल र संयोजक नियुक्त गरिएको थियो । जस अन्तरगत प्रिन्सिपलमा टेक्सासका विजयराज भट्टराइ र संयोजकमा भोजराज बलायरलाई नियुक्त गरिएको हो ।

नियुक्त गरिएका प्रिन्सीपल भट्टराई सन २००९—२०११ मा स्कूल कमिटि सदस्य, सन २०११—२०१३ मा स्कूल इन्चार्ज, सन २०१३—२०१५ मा पाठशाला प्रिन्सिपल र सन २०१९—२०२१ मा पनि प्रिन्सिपल भएर कार्य सम्पादन गरिसकेका व्यक्ती हुनुहुन्छ । उहाँको कार्यकुशलताका आधारमा पुन २०२१ —०२३ का लागि पनि तेस्रो पटक भट्टराईलाई नै यस पदका लागि योग्य ठहर गरिएको हो ।

त्यस्तै भाषा पाठशाला संयोजक नियुक्त बलायर पनि नेपाल देखि नै शैक्षिक पृष्ठभूमिमा काम गरेका र यस पाठशालामा समेत बिगत तीन कार्यकाल देखि अध्यापन गर्दै आइरहेका अनुभवि शिक्षक हुनुहुन्छ । विगतका वर्ष देखि नै एनआरएनए, अमेरिकाको नेपाली पाठशाला कमिटी सदस्य र सह संयोजकका रुपमा रहेर पाठ्यपुस्तक तथा पाठ्यक्रम तयारीका लागि सक्रिय रुपमा कार्यरत बलायरलाई पनि कार्यगत अनुभव र योगदानको कदर गर्दै पुन पाठशाला संयोजक र शिक्षकको पदमा नियुक्त गरिएको हो ।

नयाँ विद्यार्थी भर्ना
नयाँ कार्यसमितीले नेपाली समाज टेक्सास एनएसटी को भाषा पाठशालामा नयाँ विद्यार्थी भर्नालाई प्राथमिकतामा राखेर ७ महिना पहिले प्रिन्सीपल र संयोजक नियुक्ती लगत्तै नयाँ बिद्यार्थी भर्ना अभियानलाई अघि बढाएको थियो । विदाको दिन पारेर शनिवार र आईतवार संचालन गरिने निर्णय सहित संचालित भाषा पाठशालाले नेपाली र मोरल साईन्स, पव्लिक स्पिकिगं र लिडरसिप लगायका कक्षा पनि संचालन गर्दै आएको छ ।विद्यार्थी भर्नाको सहजताका लागि अनलाईन भर्नाको व्यवस्था पनि गरिएको थियो ।

यसै शिलशिलालाई निरन्तरता दिंदै १ महिना पहिले अर्थात अगष्ट २७ देखी डिसेम्बर ४ तारिकक सम्म भाषा पाठशालाले बालबालिकाहरुलाई नेपाली भाषा, कला, साहित्य, संस्कृति, योग–ध्यान, कम्युटर , पारिवारिक आर्थिक समृद्धि एवम् नेतृत्व विकास लगायतका विभिन्न विषयहरुहरुलाई प्राथमिकतामा राख्दै पुन नयाँ भर्ना आह्वान गरेको थियो । जसको उदेश्य नेपाली अक्षर सिकाइदेखि बृद्ध हजुरबा हजुआमाका जीवनसम्मका वास्तविकतालाई महत्वमा राखेर फल सेसन अन्तरगत कक्षा संचालनलाई थप प्रभावकारी बनाउनु रहेको छ ।

नेपाली अस्तित्व र पहिचान बोकेका विषयलाई नयाँ पुस्तासम्म विस्तार गरेर मातृभूमि नेपाल र नेपाली बिच सेतुको भूमिकामा रहने लक्ष्यका साथ अघि बढिरहेको यस पाठशालाले प्रभावकारी कार्यक्रम सहितका कक्षाहरु संचालन गर्दै आएको छ ।

४ दिने समर क्याम्प
नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र संगको सहकार्यमा जुलाई २१ बाट २४ सम्म ४ दिने समर क्याम्पको आयोजना भयो । बालबालिका देखी बृद्ध बृद्धा सम्मका लागि उपयोगी कार्यक्रमहरु राखिएको यस समर क्याम्प विगतका बर्षहरुमा आयोजना हुँदै आएको कार्यक्रम अन्तरगतको संस्करणका रुपमा रहेको कार्यक्रम हो ।
चर्चित योगा तथा आध्यात्मिक गुरुहरुद्वारा योगा, मेडिटेशन तथा आध्यात्मिक जागरण सम्बिन्ध प्रशिक्षण तथा प्रवचन सहितको यस कार्यक्रममा बटुक बिष्ट, डा. भोलानाथ योगी र डा. चिन्तामणी योगी प्रमुख अतिथी तथा वक्ताका रुपमा उपस्थित रहनु भएको थियो । मे १ का दिन संचालित कल्चरल क्याम्प गुरु डा.चिन्तामणी योगीद्वारा संचालन गरिएको थियो ।
हाल फलसेशनमा निम्न बमोजिम बिषयहरुमा पठन पाठन भईरहेको छ
– Nepali Language
– Nepali Language (Intermediate)
– Yoga and Meditation
– Public Speaking and Leadership
– Coding and Web Design
– Family Financial Wellness

नोटः डा. चिन्तामणी योगी ज्युले बर्षेनी सन्चालन हुने कल्चरल र समर क्याम्पमा आफ्नो अमुल्य समय दिएर साथ दिनु भएका उहाँप्रति नेपाली समाज टेक्सस हार्दिक आभार ब्यक्त गर्दछ ।

फोर्स कमिटी : सल्लाहकार समिती र अन्य कमिटी गठन
नेपाली समाज टेक्ससद्वारा सामुदायिक समस्या र समाधानका लागि बिभिन्न टाक्सफोर्स र कमिटीको गठन गरिएको छ । गठित समितीले संस्थागत विधानमा रहेर टेक्ससका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको अवस्था, प्रभावकारी योजना र कार्यन्वयन पक्षलाई विषेश प्राथमिकतामा राखेको छ ।

टाक्सफोर्स, सल्लाहकार समिती र अन्य कमिटीको बिस्तृत बिवरण खण्ड ख मा प्रस्तुत गरिएको छ ।
—जनवरी २९, २०२२ मा STAR SCHOLARS (Society of Transnational Academic Researchers) द्धारा आयोजित REDISTRICTING (Voting Rights, Community Mapping and Transparency) नामक कार्यक्रममा नेपाली समाज टेक्ससले भाग लिएको थियो । जस अन्तरगत कार्यक्रमलाई सहयोग गर्नुका साथै आफ्ना बिचार तथा भावाना अभिव्यक्त र सामुदायिक अवस्थामाथी प्रकास पारेको थियो । Common Cause का निम्ती आयोजना गरिएको सो कार्यक्रममा एनएसटीको सहभागिता नेपाली समाजको प्रतिनिधित्वमूलक उपलब्धिका रुपमा रहेको थियो ।

—नेपाली समाज टेक्ससका महासचिब श्री सन्देश उप्रेतीद्धारा फेब्रुअरी ६ २०२२ बाट समाजमा निःशुल्क Homrstead Exemption र Notary Service प्रदान गर्ने निर्यण गरियो । जस अनुरुप २०२२ को म्भबमष्लिभ मा ८ जनाको निःशुल्क ल्यतबचथ क्भचखष्अभ फायल गरियो जस अन्तरगत हाल सम्म २८ जनालाई निःशुल्क नोटरी सेवा प्रदान गरिएको छ अपांग, अशक्त र बृद्धहरुलाई घरमै गएर सेवा प्रदान गरिने यस सामुदायिक सेवा प्रादायक निःशुल्क नोटरी सेवा पुर्ण कार्यकाल (२०२१–२०२२) सम्म प्रदान गरिएको थियो ।

—फेब्रुअरी १९ २०२२ शनिबार : Maryland House of Delegates आदरणीय श्री ह्यारी भण्डारी ज्यूसंग भेटघाट तथा भलाकुसारी कार्यक्रमको आयोजना गरियो । अमेरिकामा रहेका नेपाली समुदायहरुको हितमा विभिन्न कार्यक्रमहरु सफलतापूर्वक पारित गर्न सफल भण्डारीसंगको सो भेटमा टेक्ससमा रहेका नेपाली समुदायको अवस्था र आवश्यकताबारे छलफल भएको थियो । १ सय ८० बढि सामाजिक अभियान्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा एनएसटी र अमेरिकामा रहेका विभिन्न संघ संस्था विचको आपसी सद्भावका विषयबारे जानकारी आदान प्रदान भएको थियो ।

—Public Speaking  र नेतृत्व क्षमता बिकासका लागी फेब्रुअरी २६ २०२२ शनिबार NST Toastmaster Club Open House को आयोजना गरियो । जसको उदेश्य नेपाली समाजका नयाँ तथा युवा पुस्ता र ईच्छुकहरुमा मास कम्यूनिकेसनको अवधारण अनुरुपको पव्लिक सिपिकिङ र नेतृत्व क्षमता विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

—मार्च १२ २०२२, महिला संयोजक गुञ्जन भण्डारीको संयोजकत्वमा मार्च १२ मा सम्पूर्ण महिला आमा, दिदि बहिनीको सम्मानमा अर्भिंग सिटीको करि लिभ रेस्टुरेन्टमा भब्य रुपमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो । ११० देखी १२० जना महिलाको सहभागीता रहेको यस कार्यक्रमको उदेश्य महिलाको नेतृत्व विकास र सामाजिक सक्रियता मुलक रहेको थियो ।

—मार्च २० २०२२ आईतबारका दिन Grapevine city को Trawick Pavilion मा इन्द्रेणी सास्कृतिक संघ संगको सहकार्यमा संयुक्त रुपमा होली पर्ब मनाइयो । आपासी भाईचारा र एकताको सन्देश स्वरुप आयोजित रंगहरुको पर्व होली पर्व हर्ष र उत्साहका साथ आपासी सद्भाव आदान प्रदानका साथ सम्पन्न भएको हो ।

बिभिन्न खेलकुद प्रतियोगिताको पनि आयोजना गरिएको यस कायर्कक्रममा ७०० देखि ८०० जनाको सहभागीता रहेको थियो ।

—अप्रिल ३ आईतबार नेपाली समाजका बरिष्ठ समाजसेबी स्व.कमल शर्मा ज्यूको १३ औँ पुण्यतिथीमा नेपाली समाज टेक्ससद्धारा श्रद्धान्जली सभाको आयोजना गरि कमल शर्मा फाउन्डेसन लाई नेपाली समाज टेक्ससको कार्यसमितीद्धारा आर्थीक सहयोग गरियो ।

लामो समय अमेरिकाको टेक्सासमा रहेर सामाजिक कर्ममा सक्रिय रहनु भएका कमल शर्माको अल्पआयुमा नै निधन भएपछि उहाँको ४५ दिनको पुण्य तिथीको अवसर पारेर शर्माकी धर्मपत्नी तथा टेक्सस डालस क्षेत्रका सामाजिक अभियन्ताको सहभागितामा स्व. कमल शर्माको नाममा फउण्डेशन स्थापना भएको छ । ड्यालसको श्री पशुपती नाथ तथा बुद्ध मन्दिरमा आयोजित यस फाउण्डेशनको उद्घाटन समेत नेपाली मन्दिरका मुल पण्डित मेघराज निरौलाद्वारा गराईएको थियो ।

दिवंगत शर्माको स्मृती स्वरुप स्थापित फाउण्डेशन स्वास्थ्य सचेतना अभियान तथा दुःखी गरीबलाई सहयोग गर्ने मुल उदेश्यका साथ स्थापना गरिएको फाउन्डेशनले शर्माको नाममा लागि बैंक खाता समेत सञ्चालन गरिएको छ ।

—अप्रिल ६ २०२२ मा NRNA California Chapter द्धारा आयोजित Nepal Day Parade मा नेपाली समाज टेक्सस कार्यसमितीका सदस्यहरुको बाक्लो सहभागीता जनाइ साथ र समर्थन प्रदान गरि शुभकमना ब्यक्त गरियो । नेपाली नयाँ बर्षको स्वागत स्वरुप अमेरिकाको सानफ्रान्सिस्कोमा मनाईएको नेपाल डे परेड बिभिन्न प्रकारका साँस्कृतिक भेषभूषा सहितको झाँकी, मौलिक नृत्य तथा संगीत लगायत मनोरन्जन र बालबालिका मैत्री वातावरणमा मनार्ईएको थियो ।

नेपाली संस्कृतिको प्रवद्धन र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्यका साथ आयोजित नेपाल डे परेड भाषिक र साँस्कृतिक हितमा प्रभावकारी मानिएको छ ।

—अप्रिल १६ २०२२ शनिबारका दिन वयभ उयय िबिपभ मा नेपाली नयाँ बर्षको अवसर पारेर बृहत बनभोजको आयोजना गरियो । १७०० देखी १८०० जनाको सहभागीता रहेको बनभोज कार्यक्रमको उदेश्य नेपाली मौलिक बनभोजको संरक्षण तथा प्रवद्धन गर्नु र नयाँ पुस्तामा बनभोजको महत्व विस्तार गर्नु रहेको थियो ।

नोट १ः उक्त बनभोजको सम्पूर्ण तयारी (खाना बनाउने, किनमेल आदि) नेपाल समाज टेक्ससको कार्यसमितीले डालसमा रेस्टुरेन्ट संचालन गर्नुहुने सेफ(कुक) को सहायतामा अन द स्पटमा खाना बनाएर नेपाली मौलिक तरिकाले सम्पन्न गरियो ।

नोट २ः उक्त बनभोजमा सहभागीता निकै बाक्लो रहेको हुनाले पार्किंङ्गमा समस्या भएपछी पार्क प्रशासनद्धारा धेरै जनालाई प्रबेश निषेध गरिएको थियो । NST Committee र पार्क प्रशासन बिच छलफल गरि off side Parking  को ब्यवस्था गरियो । तथापी पार्क प्रशासन द्धारा अझै पाकिङ्ग समस्या भएको जानकारी गराउदै पूर्ण रुपमा प्रबेश निषेध गरियो । उक्त कार्यक्रममा पर्न गएको असुबिधा प्रति नेपाली समाज टेक्सस परिवार फेरि पनि सम्पूर्णमा माफि माग्दै भबिष्यमा सबै कुरा ध्यान पु्याएर काम गर्ने अठोट ब्यक्त गर्दछ ।

—अप्रिल १६ शनिबार र अप्रिल २४ आईतबारका दिन नेपाली समाज टेक्सस द्धारा NST Health Seminar/Camp  को आयोजना गर्यो । एनएसटी हेल्थ सेमिनार कोअर्डिनेटर सुधन श्रेष्ठ र एनएसटी महिला उपाध्यक्ष डा. विष्णु माया उपाध्यायको नेतृत्वमा आयोजित यस कार्यक्रममा १७२ जना लाई निःशुल्क स्वास्थ्य परिक्षण गरियो । टेक्ससमा रहेका नेपाली समुदायको स्वास्थ्य सरोकारका रुपमा हेरिएको यस कार्यक्रमको प्रभावकारीता र निरन्तरताका लागि एनएसटी गम्भिर रहेको छ ।

—अप्रिल २४ २०२२ मा Baltimore Association of Nepalese In America(BANA)को १७ औँ साधारण सभा, पद हस्तान्तरण÷समुद्घाटन कार्यक्रम तथा नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमको निमन्त्रणालाई सम्मानजनक स्विकार गरि उपस्थिती जनाई शुभकामना ब्यक्त गरियो । अमेरिकामा रहेका सबै नेपाली समुदायसंगको आपसी सहकार्यको उदेश्य राखेको एनएसटीले भावि दिनहरुमा पनि सामुदायिक एकताको लक्ष्य लिएको छ ।

—अप्रिल ३० २०२२ मा श्री सरोज सिग्देल ज्यूको नेतृत्वमा NST Financial Literacy and Awareness कार्यक्रमको आयोजना गरिएको थियो ।

—मे २४ २०२२ मा नेपाली समाज टेक्सस तथा अन्य सामाजिक संघ संस्थाको आयोजनामा नेपालबाट पाल्नुभएका बरिष्ठ चिकित्सक डा. भगवान कोइराला ज्यु संग साक्षातकार कार्यक्रम गरि नेपालमा निर्माणाधिन अस्पताल सहयोग गर्नका निम्ति आर्थिक सहयोग संकलन गरियो । उक्त कार्यक्रमबाट अस्पताल निर्माणका लागी एक लाख ७१ हजार ७ सय ४५ अमेरिकी डलर सहयोग सकलन गरिएको थियो ।

—मे २६ २०२२ मा सयुक्त राज्य अमेरिकाको टेक्सस राज्य स्थित Uvalde शहरको इलिमेन्टि बिद्यालयमा बन्दुक आक्रमणबाट ज्यान गुमाउने १९ जना स–साना बालबालिका र २ जना शिक्षकहरुको आत्माको शान्तिका लागी श्रद्धान्जली सभाको आयोजना गरि Candlelight Vigil Evening समापन गरियो । सोही कार्यक्रममा समाजिक अग्रणी महिला नेतृ स्व. सरिता भट्ट ज्यू को आत्माको चिर शान्तिको कामना गदैँ उहाँले नेपाली समाज प्रति पुर्याउनु भएको योगदानको उच्च कदर गदै उहाँप्रति सम्मान ब्यक्त पनि गरिएको थियो ।

—जुन १० २०२२ मा युएस खबर मिडिया नेटवर्कसंगको सहकार्य क्रिकेट एसोशियसन अफ नेपाल ( CAN) का अध्यक्ष चतुर बहादुर चन्द ज्यू र कोषाध्याक्ष रोशन कुमार सिंह ज्यू संग सामुदायिक अन्तरकृया तथा साक्षात्कार कार्यक्रम आयोजना गरियो । एनएसटी अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा टेक्ससको युलेशमा सम्पनन यस कार्यक्रममा अतिथीका रुपमा एनएसटीका तर्फबाट उपाध्यक्ष जनक भण्डारी, मुकेश यादव, सदस्यहरु सरोज सिग्देल, उज्जवल आचार्य, पुण्य पाण्डे, विजय भुषाल, महिला संयोजक गुञ्जन भण्डारी र कोषाध्यक्ष दिनेश न्यौपानेले नेपाली समाजको अवस्था र आवश्यकताबारे धारणा राख्नु भएको थियो ।

क्रिकेट एसोशियसन अफ नेपालको सहकार्यमा आयोजना भएको यस कार्यक्रम मा टेक्सस क्षेत्रका सक्रिय सामाजिक संघ संस्थाका प्रतिनिधी बाक्लो उपस्थिती रहेको थियो ।

—जुन ११ २०२२ मा नेपाली समाज टेक्ससका कार्यसमिती सदस्य रबिन पाठक ज्यू को नेत्तृत्वमा NST Professional and Career Development  नामक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको थियो ।

—जुन ११ २०२२ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी संग एनआरएनए अमेरिकाद्धारा ह्युस्टनमा आयोजित क्रिकेट लिगमा सहभागी भई सम्पूर्ण आयोजक कमिटी तथा खेलाडीहरुलाई बधाइ तथा धन्यबाद ज्ञापन पनि गरिएको थियो ।

गैर आवासिय नेपाली संघ एनआरएनए टेक्सास च्याप्टरद्वारा आयोजित विश्वकप क्रिकेट लिग केन्द्रित एनसीसीसंगको अन्तरक्रियाका कार्यक्रमका लागि बिभिन्न व्यक्तीहरुको टेक्सस आएका थिए । विश्वकप क्रिकेट लिग २ मा सहभागिताका लागि टेक्ससको ह्युष्टन आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकिय तथा खेल संवद्ध बिषयमाथी जानकारी तथा छलफलका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा शुभकामना सहित नेपाली टिमको समर्थनमा आवश्यक सबै सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेको नेपाली समाज टेक्ससले यस प्रकारका कार्यक्रममा एनएसटीको पूर्ण साथ र सहयोग रहने उल्लेख छ ।

—नेपाल र अमेरिका बिच पारस्परिक सम्वन्ध स्थापना भएको ७५ औँ बार्षिक उत्सवको अवसार पारेर अमेरिकी सरकारको आग्रह अनुसार Assistant Secretary Donald Lu को प्रमुख आतिथ्यतामा बिशेष कार्यक्रमको आयोजना ।

नेपाली समाज टेक्ससको सहकार्यमा डालसमा आयोजित यस कार्यक्रमको महत्वपूर्ण उपलव्धिका रुपमा नेपालीसंग सरोकार राख्ने विविध महत्वपूर्ण विषय ह्वाईट हाउसमा पुग्न सफल भएको छ । अमेरिकी एम्बेस्डर एवम एसिस्टेन्ट सेक्रेटरी अफ विउरो अफ साउथ एन्ड मध्य एसिया एफियर्स डोनाल्ड लु र नेपाली समुदायका अग्रजहरू बिचको बैचारिक बहसका रुपमा हेरिएको यस अन्तरक्रियामा नेपाली समाजले एमसिसी र एसपिपीको बिषयलाई पनि उठान गरेको थियो ।

नेपालीहरुका बिषयलाई कसरी अमेरिकी सरकारसम्म पुर्याउन सकिन्छ र प्रभावकारी समाधान र सहयोग तथा सहकार्यको वातावरण सृजना गर्न सकिन्छ हेतु आयोजित यस कार्यक्रममा मन्त्री डोनाल्ड लु तथा स्टेट डिमाटमेन्टका प्रतिनिधिहरुसँग नेपाली समुदायको प्रतिनिधित्व गर्दै डालस स्थित नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नेपाली समुदायका विविध विषयलाई हवाईट हाउस सम्म पुर्याउन सफल भएका छन् ।

सहकार्य नेपाली समाज टेक्सासको संयोजन,व्यवस्थापन र सहकार्यमा आयोजित कार्यक्रममा एनएएनसीका पुर्व अध्यक्ष क्यालिफोर्ननिया निवासी उतम कार्कीले सहयोग र समन्वयनकारी भुमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा उठान गरिएका अमेरिकामा रहेका नेपाली समुदायका विषयहरु मन्त्री डोनाल्ड मार्फत ह्वाईट हाउसले प्रत्यक्ष ग्रहण गर्ने र अमेरिकि सरकारले ती विविध विषयहरु लाई सम्बोधन गर्ने छ विश्वास राखिएको छ ।

सम्बबतः नेपाली समाज टेक्सासले अमेरिकी उच्च अधिकारीहरु संग गरेको यो नै पहिलो कार्यक्रम हो । जहाँ एनएसटीका अध्यक्ष सहितका पदाधिकारी साथै एनएसटी पुर्व अध्यक्ष प्रेम अधिकारी, एनआरएनए पूर्व उपाध्यक्ष डा. अर्जुन बन्जाडे, टेक्सास च्याप्टर महासचिव डा. चण्डि भण्डारी, युलेस काउन्सिल म्यान टिका पौडेल, सि. पि.ए भिम कार्की, हिमालयन डेमोक्याटिक क्लव टेक्सासका अध्यक्ष प्रो. प्रभात दिक्षित लगायको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्त्री डोनाल्डलाई एनएसटी तथा सम्पूर्ण नेपाली समुदायको तर्फबाट उपहार स्वरूप गणेश भगवानको मुर्ती र एनएसटीको तर्फबाट मायाको चिनो र ह्वाईट हाउसको तर्फबाट ह्वाईट हाउसको लोगो अंकित व्याज आदानप्रदान गरिएको छ ।

—जुलाई १,२ र ३ २०२२ मा ANA Nepali National Convention को होस्ट संस्थाको रुपमा ३ दिने कन्भेन्सन कार्यक्रम सफलतापुर्वक सम्पन्न गरियो । उक्त कन्भेन्सनमा १९ वटा इभेन्ट र १५ वटा क्भककष्यल गरि जम्मा ३४ वटा कार्यक्रम संचालन गरियो । डालसको कोपेल सिटी स्थित फोर पोईन्ट होटलमा आयोजित यस सम्मेलन नेपालका पूर्व पराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे प्रमुख र कांग्रेस नेता डा। मिनेन्द्र रिजालले बिषेश अतिथीकाका रुपमा सहभागि रहनु भएको थियो ।

स्थानीय अर्भिङ सिटीका मेयर रिक स्टोफर, कोपेलका मेयर वेज मेयस, टेक्ससको तल्लो सदनकी सदस्य टेरी मेजा, ट्यारेन्ट काउन्टी डेमोक्रेटिक पार्टीकी अध्यक्ष एलिसन क्याम्पोलो लगायतका अमेरिकन राजनितिकर्मीको उपस्थिती रहेको कार्यक्रमा नेपाली समाज टेक्ससका बर्तमान देखि पूर्व पदाधिकारिको पनि सहकार्यमूलक सहभागिता रहेको थियो ।

—जुलाई १९ २०२२ मा इन्दिरा अर्याल ज्यूको अध्यक्षतामा ANA Nepali National Convention को नयाँ कार्यसमिती चयन गरिएको छ ।

—जुलाई २१, २२, २३ र २४ २०२२ मा ४ दिने Summer Camp को आयोजना गरियो । उक्त क्याम्पमा Carpentry, Yoga, Meditation / Spiritual  ज्ञानका Session हरु सम्पन्न भएका थिए ।

—अगस्ट ०७, २०२२ मा कबि नवराज पराजुलीको साथमा INLS संगको सहकार्यमा गरि बृहत डालस साहित्यीक साँझको आयोजना गरियो । नेपाली साहित्य क्षेत्रका चर्चित युवा कवि पराजुलीको लेखन सफलताले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि अभिबृद्धी, नेपाली काव्यिक क्षमताको प्रवद्धन तथा विस्तार लगायतका महत्वपूर्ण साहित्यिक उपलव्धिको उदेश्य अनुरुप यस कार्यक्रमको आयोजना भएको हो ।

—अगस्ट २७, २०२२ मा नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघको संयुक्त आयोजनामा बृहत तिज कार्यक्रमको अयोजना गरियो । मौलिक पर्वका रुपमा नेपाली नारिहरुले मनाउँदै आएको तिज पर्वको संरक्षण र प्रवद्धनको उदेश्य अनुसार आयोजित कार्यक्रममा परिवार सहित उल्लेखनिय संख्यामा नेपाली नारीहरुको उपस्थिती रहेको थियो । धार्मिक र साँस्कृतिक रित अनुसार पुजाआजा, ब्रत, तिज गीत र नृत्य लगायतकालाई प्राथमिकतामा राखिएको यस कार्यक्रमको निरन्तर आयोजनाको लक्ष्य राखिएको छ ।

—अगस्ट २० २०२२ मा स–साना बिद्यार्थिहरुको पठन–पाठनमा ध्यान दिई NST Global  पाठशालामा शिक्षक शिक्षिका नियुक्ती गरियो । टेक्सासमा निकै लामो इतिहास बनाएको ’ग्लोवल नेपाली पाठशाला’ले टेक्सास मात्र नभएर अमेरिकाभरि हजारौ नेपाली बालबलिकाहरुलाई नेपाली भाषा, साहित्य, संस्कृति र संस्कार विषयक कक्षाहरु संचालन गर्दै आईरहेको छ । जसलाई थप प्रभावकारी बनाउने हेतु ८ जना शिक्षक शिक्षिका नियुक्त गरियो । जसमा डा. होम आचार्य, भोज बहादुर बलायर, इन्दिरा पन्थि, बटुक बिष्ट. शुसिल चौधरी, भुवन क्षेत्रि, ओजेश उप्रेती र पशुपति तिम्सिना नियुक्त हुनुभएको छ ।

—अगस्ट २९ र ३० मा नेपाली समाज टेक्सस र लायन्स क्लबको संयुक्त आयोजनामा निःशुल्क Health Camp आयोजना गरियो । नेपाली समुदाय लक्षित यस हेल्थ क्याम्पमा विभिन्न स्वास्थ्य परामर्ष सहितको उपचारलाई प्राथमिकतामा राखिएको थियो । सबै वर्गका नेपालीको स्वास्थ्य सरोकार केन्द्रित यस हेल्थ क्याम्पमा सहज सहभागिताका लागि निःशुल्क स्वास्थ्य परिक्षणको व्यवास्था गरिएको हो ।

—सेप्टेम्वर १०, २०२२ मा Parkland Hospital संगको सहकार्यमा नेपाली समाज टेक्सस र एनआरएनए टेक्सस च्याप्टर NRNA Texas Chapter को संयुक्त आयोजनामा निःशुल्कMammogram र Health and Wellness Expo को आयोजना गरिएको थियो ।

TOP