दोस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज दोस्रो पटक विश्वासको मत लिँदै छन्।प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत माग्दै सम्बोधन गरिहेका छन् ।
राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । आज उनले विश्वासको मत पाउने पक्का छ । तर यसअघि प्राय सबै दलको विश्वासको मत पाएका प्रचण्डले आज कति सांसदको विश्वासको मत पाउँछन् भन्ने पक्का छैन् । एमाले र नेमकिपा बाहेक अन्य दलले उनलाई विश्वासको मत दिने तयारी गरेका छन् ।