Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

आज मन्त्रिमण्डलले पूर्णता पाउँदै, यि हुनेछन् मन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्री परिषद् बिस्तार गर्ने भएकाछन् । आजै उनले एमाले, रास्वपा र राप्रपालाई सरकारमा सहभागि गराउने तयारी गरेका छन् । एमालेबाट थप ५ मन्त्री र २ राज्यमन्त्री थप गर्ने तयारी भैरहेको छ । एमालेले यस अघिनै ३ मन्त्री सरकारमा पठाएको छ । उपप्रधान तथा अर्थ मन्त्री सहित अन्य २ मन्त्रीलाई सरकारमा पठाएको एमालेले यस पटक सबै मन्त्रीलाई बिभागिय जिम्मेवारी दिने तयारी गरीरहेको छ । एमाले उच्च स्रोतका अनुसार बाँकी चार विभागीय मन्त्रीमा पर्वतका पदम गिरी,सुनसरीकी भगवती चौधरी,सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीले मौका पाउने भएका छन् ।

एमालेले यसपाली दुईपटक चुनाव जितेका र अहिलेसम्म मन्त्री बन्न नपाएकामध्येबाट मन्त्री छनौट गरेको हो । त्यस्तै दुई राज्यमन्त्रीमध्ये एक रौतहटका किरण साह हुने भएका छन् । अर्का एकमा पर्साका राजकुमार गुप्ताको चर्चा छ । एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय मंगलवार विहानसम्म तलमाथि हुने बताइएको छ ।

एमालेबाट यसअघि ज्वाला कुमारी साह,राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन् । यता सत्ता गठबन्धनको चौथो ठूलो दल राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । राप्रपाले उर्जा,सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने समझदारी भएको उच्च स्रोतले जनाएको छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानमन्त्री र उर्जासहित सरकारमा सहभागी हुने भएका छन् । बाँकी दुई मन्त्रीको टुंगो पार्टीले मंगलबार लगाउने भएको छ । त्यस्तै, रास्वपाले पनि उपप्रधानमन्त्रीसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सो पार्टीबाट उप सहित गृहमन्त्री रवि लामिछाने सरकारमा गइसकेका छन् ।
अब सो पार्टीले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ ।

TOP