रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजीत विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए।