जसपाबाट बाहिरिए नवनिर्वाचित उपराष्ट्रपति यादव
काठमाडौं । नव निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जनता समाजवादी पार्टीबाट राजीनामा लिएका छन् । स्वतन्त्रतथा संवैधानिक भूमिका को पद मानिने राष्ट्रपति, उपराष्ट्रपति पदमा निर्वाचित भएपछि पार्टीको पदबाट राजीनामा दिने प्रचलनसँगै यादवले राजीनामा दिएका हुन् । यादव उपराष्ट्रपति भएलगतै जसपा अध्यक्ष उपेन्द्र यादवले उनको राजीनामा स्वीकृत गरेका हुन् । यादव जसपा नेपालको केन्द्रीय समितिसँगै केन्द्रीय कार्यकारिणी समितिका सदस्यथिए ।