टेक्ससका क्रियाशिल ५ संघ संस्थाद्वारा नेपाली दुतावासलाइ संयुक्त विज्ञप्ती सहितको ध्यानाकर्षण

गत डिसेम्बर २२ तारिक हराएको अमेरिका स्थित नेपाली दुतावासको २ करोड माथीको नेपाली रकम झण्डै १ महिना वितिसक्दा समेत फेला पर्न नसकेपछि दुतावाससंग सहकार्यमा रहेका टेक्ससका ५ संघ संस्थाले यस विषयमा सम्बन्धित निकायलाई संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् ।

झण्डै १ महिना वितिसक्दा समेत हरायको रकम फेला नपरेपछि यसबाट सेवाग्राही र सहकार्यमा जोडियका सबै संघ संस्था अप्ठेरोमा परेको भन्दै दुतावाससंगै सेवा सिविरको संयुक्त आयोजकका रुपमा रहेका एनआरएनए टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, नेपाली समाज ह्युस्टन, ग्रेटर अस्टिन नेपाली सोसाईटी र क्रियटिभ नेप्लिज सोसाईटीले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

अमेरिका स्थित नेपाली दुतावास, नेपाल सरकारको परराष्ट्र मन्त्रालय र नेपाल स्थित आन्तरिक राजस्व कार्यलयलाई गराईएको ध्यानाकर्षक पत्रमा उल्लेख भय अनुसार डिसेम्बर १५ तारिकबाट नेपाली वाहुल्यता राज्य टेक्ससका मुख्य ३ शहरमा आयोजित ६ दिने घुम्ति शिविरबाट संकलित मनि अर्डर क्यासियर चेक रहेको ब्याग २२ तारिकका दिन खाना खान जाने क्रममा हराएको थियो ।

५ मुख्य बुंदागत माग सहितको ध्यानाकर्षण पत्रमा यल्लेख भय अनुसार सम्पन्न कन्सुलर सेवाबाट प्राप्त सेवाग्राहीको रकमसंग सरोकार राख्ने भयकाले यस विषयमा आक्रोस समेत व्यक्त गरेका संघ संस्थाले रकम हरायनुलाई दुतावासको गैर जिम्मेवारी र लापरवाही भन्दै आफुहरु सेवाग्राही नेपालीको पक्षमा रहेको बताएका छन् ।

वासिंगटन डिसि स्थित नेपाली दुतावासका द्वितीय सचिव उत्तम घिमिरे, तृतिय सचिव राधारमण दुब्वे र एम्वेसी अफिसर कुमार श्रेष्ठको प्रत्यक्ष सहभागिता रहेको शिविरबाट अपेक्षाकृत रुपमा नेपालीहरुले सेवा प्राप्त गरेका पनि थिय । प्रमाणिकरण भयका शुल्क समेतको ब्याग हराउदा सेवाग्राही अन्यौलमा पर्न वाध्य भयको भन्दै असन्तुष्ट पक्षहरुले दुतावासको लापरवाहीबाट घटित यस घटनाका कारण टेक्ससबासी सेवाग्राहीलाई कुनै पनि असजिलो पर्न नहुने माग गरेका छन् ।

दुतावासले ति सेवाग्राहीलाई सहयोग गर्नुको साटो बारम्बार चेतावनी दिने गरेको आरोप सहित उल्लेखित ५ संघ संस्थाले दुतावासको गैर जिम्मेवार हर्कतका कारण कर्मचारीलाई बुझाएको पुरानो पासपोर्ट र आईडी कार्ड लगायतका कागजात समेत गायव हुने आशंका थपिएको बताएका छन् ।

दुतावास प्रतिनिधि वासिंगटन डिसि फर्कन नपाउँदै अन्तिम शिविर सम्पन्न गरेर खाना खान गएका समय सेवाग्राहीबाट उठेको मनि अर्डरक्यासियर चेकको व्याग नै गायव भएको यस चोरीको प्रकरणले अमेरिकाको सिंगो नेपाली समुदायमा आश्चर्य र अन्यौलता छाएको छ । २० तारिकको कार्यक्रम पछि पनि २ दिन कर्मचारी किन टेक्ससमा रोक्किए ? यो पनि प्रश्न सकिन्छ । व्याग चोरी भएको २० गते हो या २२ गते समेत स्पष्ट छैन ।
दुतावासले डिसेम्बर १५ तारिक विहिबारबाट टेक्ससको अर्भिङ स्थित नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी)को हल, डिसेम्बर १८ र १९ तारिकका दिन अस्टिन स्थित क्यन्स हल कन्ट्री रोड हुट्टो र २० तारिकका दिन ह्युस्टनको रिचमण्ड एभमा सेवा सिविर संचालन गरिएको थियो । संकलित मनि अर्डर÷क्यासियर चेक रहेको ब्याग अन्तिम कार्यक्रम स्थल ह्युस्टनबाट हराएको थियो ।

यस सम्बन्धमा नेपाली दुतावासले डिसेम्बर २४ तारिक मात्र विज्ञप्ती जारी गर्यो । ढिला गरि जारी भएको दुतावासको विज्ञप्तीमा व्याग लुटिएको बताईएको छ । दुतावासका अनुसार गाडी तोडफोड गरि सो व्याग लुटेराले लुटेको भनिएको छ । हराएको या लुटिएको जे भएपनि दुतावास सफल रुपमा कार्यक्रम सकेर फर्कर्दै गर्दा हराएको ठुलो धनराशीको मनि अर्डर क्यासियर चेक झण्डै १ महिना वितिसक्दा पनि फेला पर्न सकेको छैन ।
यति ठुलो परिणाममा रकम संकलित मनि अर्डर क्यासियर चेक रहेको ब्याग हराएपछि सुरुमा जिम्मेवारी लिएका आयोजकहरुले सकेसम्म ब्याग पत्ता लगाउन आन्तरिक रुपमा कोषिस गरेको देखिन्छ । ब्याग सजिलै पत्ता लाग्ने नदेखिएपछि मात्र दुतावास र आयोजक कमिटीले विज्ञप्ती तथा वक्तव्य जारी गरिएको भनेर टिप्पणी गर्नेहरु पनि सो समय देखिएका थिए । तर तिनै आयोजक मध्यका ५ संस्थाले संयुक्त रुपमा यस चोरी घटनाको पूर्ण दोस दुतावासलाई लगाएका छन् ।

जे होस् सेवाग्राहीबाट संकलित ठुलो परिणामको रकम गायव भएपछि दुतावासले खोजिका लागि प्रहरीमा निवेदन समेत दिएको छ । यस विषयमा विज्ञप्ती सहितको सार्वजनिक सुचना जारी गर्दै दुतावासले सो कमि अर्डर र क्यासियर चेक कतै डिपोजिट भएको पाईएमा तुरुन्त खबर गर्नका लागि तथा सेवाग्राहीहरुले रकम बुझाएको मनि अर्डर क्यासियर चेकको अर्धकट्टि सुरक्षित भएमा, सेवा जारी भएको स्थानमा गई आफुले बुझएको मनि अर्डर÷क्यासियर चेक रद्ध गरीदिनका लागि पनि दुतावास सहितका आयोजक संघ संस्थाले अनुरोध गरका छन् ।

TOP