Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

रिपोटर्स क्लबको प्रवास शाखा अमेरिकाको टेक्ससबाट सुरु: यस्तो छ अध्यक्ष ऋषि धमलाको भिडियो सन्देश

अमेरिकाको टेक्ससमा रिपोटर्स क्लब नेपालको प्रवास शाखा स्थापना भएको छ । नेपाली सञ्चार क्षेत्रमा स्थापित छवि बनाएको रिपोटर्स क्लबले यूएस खबरसंगको सहकार्यमा टेक्ससको यूलेशमा आफ्नो नयाँ शाखा स्थापना गरेको हो ।

यस बिषयमा क्लबका अध्यक्ष ऋषि धमलाले जारी गरेको भिडियो सन्देशमा उल्लेख भए अनुसार यूएस खबर मिडीया नेटवर्क कर्पोरेशनसंग सहकार्य गर्दै क्लबको देश बाहिरको पहिलो शाखा बिस्तार गर्ने निर्णय गरेको हो ।

अध्यक्ष धमलाले यूएस खबरका संचालक तथा प्रधान सम्पादक किशन रेग्मीलाई संयोजक चयन गरिएको जानकारी सहित दिएको भिडियो सन्देशमा निरन्तर सहकार्य र सफल सञ्चारकर्मका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।

अमेरिकाको टेक्ससमा रहेको यूएस खबर टाईम्स तथा यूएस खबर नेटवर्कको कार्यलयलाई रिपोटर्स क्लबको शाखा कार्यालय तथा साक्षात्कार कक्ष संचालन गर्न र समाचार सम्प्रेषणको जिम्मेवारी दिएको रिपोटर्स क्लबले साउन १ गतेबाट हालको यूएस खबर पब्लिक क्लबलाई रिपोटर्स क्लवको मान्यता प्रदान गरेको हो ।

श्रावण १ गते देखी लागु हुने गरि गरिएको सम्झौतामा अमेरिकामा हुने सम्पूर्ण नेपाली समुदाय लगायतका गतिबिधि तथा छलफल कार्यक्रमको क्लबले समाचार, सम्वन्वय तथा सम्पादन गर्ने जनाईएको छ । क्लवका अध्यक्ष धमलाले अमेरिका शाखा बिस्तारले अमेरिकामा रहेका नेपाली र नेपाली भाषी समुदायको समाचार र बिचार समेट्न सफल हुने बिश्वास ब्यक्त गरेका छन् ।

यो संगै रिपोटर्स क्लब सम्वद्ध कार्यक्रमका लागि यूएस खबरका प्रधान सम्पादक किसन रेग्मीको संयोजकत्वमा क्लबका गतिबिधि संचालन तथा समाचार सम्पादन गर्न प्रकृया स्विकृत प्रदान गरिएको हो । क्लवको अवधारणमा सञ्चालन गरिने क्लवको संचालनका लागी ५ सदस्यीय समिती गठन गरिने यूएस खबर टाईम्सका सम्पादक ओम आचार्यले दिएका छन् ।

विगत ८ वर्ष देखि अमेरिकाको टेक्सासमा यूएस खबरको नाममा दर्ता भई विभिन्न इलेक्ट्रोनिक तथा पेपर मीडिया सञ्चालन गर्दै आएको यूएस खबर मीडिया कर्पोरेशन प्रालिले आगामी दिनमा अमेरिकामा डिबेट फोरम सहितका कार्यक्रम सञ्चालन गर्ने अनुमती पाएको यो सम्झौतासंगै हाल यूएस खबर पब्लिक क्लव रहेको टेक्ससको युलेशबाट संचालित कार्यलय नै अबको रिपोटर्स क्लबको शाखा कार्यलयका रुपमा रुपान्तरण हुने भएको छ ।

अमेरिकाको नेपाली समुदाय र नेपाल बिच सेतुको भूमिका निर्वाहको उदेश्यमा रहेको यूएस खबरले रिपोटर्स क्लबको शाखा विस्तारको औपचारिक उद्घाटन अध्यक्ष धमला सहित केन्द्रिय प्रतिनिधिको उपस्थितीमा गर्ने तयारी भईरहेको जानकारी दिईएको छ ।

TOP