Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

कोरोना पुष्टीपछि होम आईसोलेसनमा बसिरहेका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

चर्चित नेपाली क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टी भएपछि होम आईसोलेसनमा बस्दै आएका क्रिकेटर लामिछानेको श्वासप्रश्वासमा समस्या आएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो ।

क्रिकेट टोलीको बन्द प्रशिक्षणमा केही दिन सहभागी भएर बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा रहेका लामिछानेको राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य समस्या देखिएका कारण गरिएको उनको परिक्षणबाट कोरोना पुष्टी भएको शनिबार लामिछाने स्वयंले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

होम आईसोलेसनमा रहेका क्रिकेटर लामिछानेको स्वास्थ्यमा सुधार भै रहेको बताईएको थियो। आफुलाई भएको कोभिड संक्रमणबारे बताउँदै आफुलाई सबैको आर्शिवादको खाँचो रहेको र स्वास्थ्य सुधार भए फेरी फिल्डमा फर्कने जनाएका उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी लामिछानेलाई आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको गरेसंगै उनको चर्चा थप बढेको थियो । लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औँ नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए।

TOP