विकास निर्माणको कामलाई चुस्त बनाउन विकास आयोजनासम्बन्धी कानुन बनाइने
सरकारले विकास निर्माणको कामलाई चुस्त र गति दिन विकास आयोजनासम्बन्धी कानुन बनाउने भएको छ ।
शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विकास आयोजना सम्बन्धी कानुन बनाइने बताएका हुन् । उनले कानुनमार्फत् विकास आयोजनाहरूलाई सहजीकरण गर्ने सरकारको प्राथमिकता रहेको बताए ।
उनले राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनालाई विशेष प्राथमिकता दिइने बताए । यसैगरी, विकास आयोजनाको अनुगमन, जग्गा प्राप्ति, वन क्षेत्र प्रयोग र वातावरणीय प्रभावल मूल्यांकन कार्यमा सहजीकरण गर्ने उनले बताए ।
यस्तै, सरकारले खरिद प्रक्रियामा सहजीकरण हुने गरी विकास आयोजनासम्बन्धी कानुन ल्याउने पनि उनले बताए ।