Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

नेफ्टा चलचित्र अवार्डको मिति सारियो, अब साउन ६ गते हुने

आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ।अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को एघारौँ संस्करण आगामी साउन ६ गते हुने संघले जनाएको छ।

नेफ्टा अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरिएको जानकारी दिए । अवार्डको अमेरिका आयोजक मध्येको एक फेम नेपालका प्रमुख विमल पछाइले नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत र सफल तुल्याउन सजिलो हुने आशा लिइएको बताए ।

जसअनुसार आगामी बैशाख ३१ मा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । जुरीले गरेका मूल्यांकनको आधारमा टप फाइभ घोषणा हुने अध्यक्ष लामाले जनाए । उत्कृष्ट पाँचमा अटाउने सबै फिल्मकर्मीले अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउनेछन् ।

अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । जुरीले फिल्म हेरेर मूल्यांकन गर्ने काम सकेका छन् । अमेरिकाअघि नेफ्टाका विदेशी संस्करणहरु युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेका छन् । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।

नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित नेफ्टाको ११ औं संस्करण अमेरिकामा गर्न लागिएको हो । नेफ्टा अध्यक्ष लामाले अवार्डलाई सफल तुल्याउन अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई आग्रह गरे । ‘यो अवार्ड नेफ्टाको मात्र होइन, सबैको साझा हो’ उनले भने ।

आयोजक संस्था फेम नेपालका अध्यक्ष पछाइले नेफ्टा अवार्डमार्फत आफूहरुले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताए । अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्ने समेत उनले जनाए ।

टेक्सासस्थित नेपाली समुदायलाई समेटेर झण्डै २ किलोमिटर लामो नेपाल परेड कार्यक्रममार्फत सांस्कृतिक झाँकी प्रस्तुत गर्न लागिएको समेत उनले जनाए । उक्त परेडमा सातै प्रदेशको संस्कृति र वेभभूषा झल्कने झाँकी प्रस्तुत गर्ने तयारी छ ।

अर्को आयोजक युएस खबरका ओम आचार्यले अवार्ड समारोहमा भारतीय र अमेरिकी फिल्म उद्योगका हस्तीलाई सहभागि गराउन प्रयास हुने बताए । ‘हामी उनीहरुको कुरा सुन्छौं र नेपाली फिल्मको कुरा पनि उनीहरुलाई सुनाउँछौं । पर्यटनसँग पनि जोड्छौं’ आचार्यले भने । नेफ्टा नेपाली चलचित्रमा सक्रिय प्राविधिकको छाता संस्था हो ।

TOP