टेकु नजिकबाट हराएका १२औं र १३औं शताब्दिका टुँडाल अमेरिकी सरकारद्वारा ९९ सय बर्षपछि फिर्ता
काठमाडौंको टेकुबाट झण्डै १ शताब्दि पहिले हराएका औं र १३औं शताब्दिका टुँडालहरु अमेरिकी सरकारले नेपाल फिर्ता गरेको छ । टेकुको हृयुमत टोलस्थित नारायण मन्दिरबाट १९८०को दशकमा हराएका पुरातात्विक टुँडालहरू अमेरिकी सरकारले नेपाललाई ९९ बर्ष पछि फिर्ता गरेको हो ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालबाट हराएर अमेरिका आईपुगेका यि पुरातात्विक टुँडालहरू एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरल मार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको हो ।
फिर्ता गरेका नेपाली कन्सुलेट जनरलले नेपालसम्म ल्याउन लाग्ने खर्च पनि बेहोरेको जानकारी दिएको दूतावासले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानलाई पुरातात्विक टुँडाल गरेको हो ।
दूतावासकी निमित्त मिसन उपप्रमुख एबिगेल अरोन्सनले हस्तान्तरण गरेका यि टुँडालहरु भन्दा पहिले पनि अमेरिकाले नेपाली काष्टकला तथा मुर्तीहरु फिर्ता गर्दै आएको छ । यो बर्ष नेपाल अमेरिका मित्रताको ७५औं वर्षगाँठको अवसरमा अमेरिकामा रहेका नेपाली पुरातात्विक सामग्री नेपाल फिर्ता गरिरहेको छ ।
यस अघि पनि २ महिना पहिले अमेरिकाका बिभिन्न म्यूजियममा फेला परेका छैटौं र दशौं शताब्दीका ५ वटा नेपाली मुर्ती नेपाललाई फिर्ता गरेको छ । चोरी भएको दशकौं पछि फेला परेका यि ऐतिहासिक मूर्तिहरू फिर्ता गर्नका निम्ती अमेरिकी सरकारले गठन गरेको मिशन समितीका उपप्रमुख म्यानुएल मिकल्लेरले नेपालका संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरेसंगै ति मुर्ती नेपाल फिर्ता भएका थिए ।
फिर्ता भएका मुर्तीहरुमा डेन्वर म्युजिएममा फेला परेको दशौं शताब्दीको उमामहेश्वर, शिकागो म्युजिएममा फेला परेको, छैटौं शताब्दीको चतुर्मुखी शिवलिङ्ग सँगै नागराजा, पद्मपाणि, र शाक्यमुनि बुद्धका मुर्तीहरू भएका थिए ।