यो दशैंलाई गायक हेम श्रेष्ठ र गायिका सरिता भारतीको नयाँ भाका रेकर्ड
युएस खबर
काठमाडौं, २२ भदौ
दशैं आउन डेढ महिना समयबाँकी रहेको बेला नेपाली गायक गायिकाहरुले नयाँ दशैं तिहार गीत रेकर्ड गरेर दर्शकमाझ ल्याउन थालेका छन् । यसै क्रममा गायक तथा संगीतकार हेम श्रेष्ठ र गायिका सरिता भारतीले युगल स्वरमा यो वर्षको दशैंको लागि नयाँ दशैं भाका तयार गरेका छन् ।
अग्रज गीतकार डब्बु क्षत्रीको शब्द यो गीतमा रहेको छ । पछिल्लो ६ वर्ष यताबाट गीतलेख्न सफल क्षत्रीको दशैंसम्म ५ वटा गीत बजारमा आउँदलैछ । उनको यो नयाँ गीतको भाका भने हेमले नै तयार गरेका हुन् । काठमाडौंको अनामनगर स्थित एक्सन स्टुडियोमा यो गीतको सोमबार दिउँसो रेकर्ड गरिएको छ ।
यसपटक यो दशैं गीतलाई गायक हेम श्रेष्ठ र गायिका सरिता भारतीले गाएका छन् । कांठे लोकदोहोरी भाकामा यो दशैंगीत आकर्षक बनेको छ । थुप्रै पश्चिमेली लोक भाका गाएकी गायिका सरिताको यो पहिलो कांठे लोकदोहारी भाका हो । पछिल्लो समय गायिका सरिताको असोज महिनामा ४ ओटासम्म गीतहरु रिलिज भईरहेका छन् ।
यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजन गरेका हुन् । कांठे भाकामा दर्जनौ गीत गाएर आफ्नो परिचय बनाईसकेका गायक हेम श्रेष्ठ यो गीतबाट निकै आशाबादी छन् । गीतको भिडियो अब असोजको पहिलो साता भित्र रिलिज गर्ने पनि गायक तथा संगीतकार हेम श्रेष्ठले बताएका छन् ।
विभिन्न समस्याले बिदेशमा रहेर दशैंमा घर आउन नपाएका नेपालीहरुको व्याथा यो गीतमा समेटिएको छ । गीत बियोगान्त तर आशाबादी भावको छ । काठमाडौंमा निषेधाज्ञा हटेपछि यो गीतको भिडियो छायाँकन गरिने भएको छ ।