शहकारीलाई व्यवस्थित गर्न कडा नियमन जरुरी छ : सिईओ पोख्रेल
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेपाल नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ)प्रकाश प्रसाद पोख्रेलले सहकारीलाई सूशासनमा राख्न नियमन जरुरी भएको बताएका छन् । आईतबार नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले शहकारी सञ्चालन तथा व्यवस्थापनमा राजनीतिकरण भएको टिप्पणी गरे ।
उनले भने ‘सहकारी सञ्चालनमा तथा व्यवस्थापनमा उत्कृष्ठ व्यक्तित्वहरु आउँनुपर्ने त्यो देखिदैन् । राजनीतिक रुपले सहकारी अगाडि बढेको छ । सहकारीलाई सूसासनमा राख्न कडा सुपरभिजन र अनुगमन जरुरी छ ।’ नेपाल राष्ट्र बैंकले ५० करोडको सिलिङमा गर्ने भनिएको अनुगमनले सहकारीको अन्तराष्ट्रिय सिदान्त मूल्य मान्यता हराउने डर उब्जिएको उनको तर्क छ ।