भारत बिहारमा मदिरा सेवनबाट थप १८ को मृत्यु: मृतकको संख्या ३४ पुग्यो

भारतको राज्य बिहार राज्यमा मदिरा सेवनबाट कम्तीमा १८  जनाको मृत्यु भएको छ । पूर्वी राज्य बिहारको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा कम्तीमा १७ भन्दा बढिको अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनबाट मृत्यु भएको हो ।

मृत्यु हुने १७ जना मध्य बाँकेका ९ जना, मधेपुराका ३ जना, र भागलपुरमा ४ जना र मुर्लिगन्जका १ जना रहेका छन् ।

बिहार सुक्खा राज्य हो र सन् २०१६ देखि यहाँ अनाधिकारिक रूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइए पछि घातक रक्सीको कारण यहि साता भागलपुर ६ जना र गोपालगञ्ज १० जना गरी १६ जनाको मृत्यु भएको थियो । यो संगै यो साता ३४ जनाको मृत्यु भएको छ । (एजेन्सी)

TOP