Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

सन् २०१९ सम्म नेपालका लागि बेलायती राजदुत रहेका रिचर्ड मोरिसको शव ४ महिना पछि जंगलमा भेटियो

करिब चार महिनादेखि हराईरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव बेलायतको जंगलमा फेला परेको हो ।

बिहान मर्निङ वाकका लागि निस्किएका उनको शव ४ महिना पछि बेलायतको  ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको हो ।

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा सन् २०१६ देखि सन् २०१९ सम्म नेपालका लागि राजदुर रहेका मोरिस आफ्नो कार्यकाल पुरा गरेर नेपालबाट बेलायत फर्किएका थिए । नेपालबाट फर्किएपछि उनलाई बेलायत सरकारले फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरेको थियो ।

नियुक्त भएपनि कार्यकाल सम्हाल्न बाँकी नै रहेका समय मोरिस ४ महिना देखी बेपत्ता भएपछि उनको खोजी कार्य सुरु गरिएको थियो । अन्तत उनि मृत फेला परेका छन् उनको मृत्यु सम्बन्धमा अनुसन्धान सुरु भएको छ । मोरिस नेपालका राजदुत रहेका समय बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गरेका थिए, उनको भ्रमण अत्यन्त चर्चामा रहेको थियो ।

TOP