घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?
नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । नेपाली सुन चाँदी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयालेँ घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको थियो ।
त्यसैगरी ,तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।