टेक्ससका हलमा ‘प्रकाश’ हाउसफुल रफ्तारमा: रविन्द्र मिश्र भन्छन् ‘पहिलो पटक चलचित्र हेरेर रोएँ’

पछिल्लो एक साता यता अमेरिकाको टेक्ससमा चलचित्र प्रकाशले चर्चा बटुलिरहेको छ । नायक प्रदीप खड्का र नायिका दिया मास्के केन्द्रिय भूमिकामा रहेको चलचित्र प्रकाश टेक्ससको युलेश, ड्यालस लगायतका शहरमा प्रदशित शोहरु हाउसफुल हुँदै सफल चर्चामा देखिएको हो ।

शुक्रबारबाट टेक्सस प्रदर्शन सुरु गरेको चलचित्र प्रकाशले शुक्रबारबाट मंगलबार सम्मका सबै शो हरुमा आफ्नो वर्चस्व कायम राख्दै आएको छ भने आज पनि चलचित्र हेर्ने दर्शकको उपस्थिती उल्लेखनिय रहने देखिएको छ ।

यो साता हरितालिका तिज पर्व रहेपनि चलचित्र हेर्न आउने दर्शकको सहभागिता उल्लेखनिय रहेको छ । तिजको समयमा समेत हाउसफुल प्रदर्शन भएको प्रसाद तिज सकिएसंगै अझ सफल हुने विश्वास प्रर्दशन टिमको रहेको छ ।

चलचित्र प्रकाश हेर्न हलहरुमा पुगेका नेपालीहरुले चलचित्रको निर्माण देखी कलाकारिताको बेजोड प्रयोग यस चलचित्रमा देखिएको प्रतिकृया सहित सकारात्मक सफलता हासिल गरिरहेको चलचित्रमा मध्य र सुदुरपश्चिमका ग्रामिण यथार्थलाई सजिव रुपमा चित्रण गरिएको छ ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको प्रकाशमा जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि एक युवाले गर्नु परेको संघर्षलाई अत्यन्त कारुणिक र सजिव शैलीमा उतारिएको छ, जो चलि आएका चलचित्र भन्दा सबै दृश्टीले भिन्न र पृथक देखिन्छ ।

जुम्लामा छायांकन गरिएको यस चलिचत्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारको भूमिकालाई मन पराईदिंदा छोटो समयमा नै यस चलचित्रले अपेक्षाकृत सफलता हासिल गर्दै अघि बढिरहेको छ ।

विनिश इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारी निर्माता रहेका छन् भने चलचित्रको कथावस्तु विकास सुवेदीले लेखेका हुन् ।

चलचित्र प्रकाश हेरेका सबै कलाकर्मी, संचारकर्मी, बिभिन्न क्षेत्रका बौद्धिक जमात तथा आम दर्शकले अत्यन्त राम्रो प्रतिकृया दिएको यस चलचित्र हेरेपछि चर्चित सञ्चारकर्मी तथा राजनितिकर्मी रविन्द्र मिश्रले आफु यति लामो जीवनकालमा पहिलो पटक चलचित्र हेरेर रोएको कुरा सामाजिक संजालमार्फत नै अभिव्यक्त गरेका छन् ।

यस्तो छ रविन्द्र मिश्रको ‘प्रकाश’प्रतिको धारणा


चलचित्र ‘प्रकाश’ले साँच्चिकै रूवाइ दियो!
आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौँ। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो!
काठमाडौँमा जन्मिएको भए पनि आधा स्कूले जीवन सुदूर पश्चीममा टुकी बालेर, सिनेमामा देखाइएजस्तै स्कूलमा पढेको हुनाले पनि सिनेमाका दृष्यहरूले मेरो भावनासँग बढी तादात्म्य राखेको हुनसक्छ। तर त्यो तादात्म्यता भन्दा सिनेमामा धेरै बढी सन्देश छ।

शहरमा हुर्केका-बढेका, कर्णाली र सुदूर पश्चिम कहिल्यै नदेखेका, र मौका पाउँदा शहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह गर्दछु।

गरिवी, माओवादी द्वन्द्व, समाज/शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो – प्रकाश।

लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट सिनेमा उत्कृष्ट छ। राम्रो र शक्तिशाली सिनेमा बनाउन गीत-संगीत-नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो – प्रकाश। सामान्य विषयवस्तुले कलात्मकरूपमा जिवन्तता पाएको छ। मेरो बुबाले भन्नुहुन्थ्यो, “कलामा विषयवस्तु होइन प्रस्तुति प्रधान हुन्छ।”

प्रकाश नहेरको भए पछुतो हुने रहेछ। ‘

TOP