Trending

अखिल(क्रान्तिकारी) भित्रको विवाद समाधानका लागि निर्वाचन केन्द्रित साङ्गठनिक समिति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)ले स्थायी समितिक बैठकले पार्टीको भ्रातृ सङ्गठन अखिल(क्रान्तिकारी) भित्र समिती गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समितिको बैठकले अखिल(क्रान्तिकारी) भित्र देखिएको विवाद समाधानका लागि समिति गठन गरेको हो ।

आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीले क्रान्तिकारीका पूर्वध्यक्ष रमेश मल्लको संयोजकत्वमा गठित समितीमा पूर्वध्यक्षहरुलाई सम्मिलित गराइएको छ ।

स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी १५ दिनभित्र टुङ्गो लगाउने गरी तयारी गरेको पार्टीले सुझाव समिति गठन गरि नरेन्द्र न्यौपाने र रत्न ढकाललाई ल्याईएको छ ।

आज बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।

TOP