Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

गैरकानुनी रुपमा क्रिप्टोकरेन्सी कारोबार बन्द गर्न निर्देशन

काठमाडौं १ चैत्र   नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रुपमा क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायकहरुलाई निर्णय कार्यान्वयन गर्न भन्दै प्राधिकरणले परिपत्र गरेको हो।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर फन्ड , अनलाइन जुवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक गैरकानुनी अपराधसँग सम्बन्धित वेवसाइट,एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सूचीमा राख्ने व्यवस्था गर्न परिपत्रमा उल्लेख छ।

यसअघि नेपाल राष्ट्र बैंकले नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको भन्दै सचेत रहन अनुरोध गरेको थियो।

TOP