Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

‘ओई भन्यो मायाले’ गायक बिमर्षिको ‘अन्तराष्ट्रिय मान्छे’ हरिश, चक्र र उषाको अभिनयमा सार्वजनिक

पछिल्लो करिव डेड बर्ष देखी अत्याधिक लोकप्रिय रहँदै आएको गीत ‘ओई भन्यो मायाले झ्यालबाट’का गायक हरी गिरी बिमर्षिको नयाँ गीत को टिजर सार्वजनिक भएको छ । अन्तराष्ट्रिय मान्छे बोलको बहुप्रतिक्षित यो गीत यो गीत ओई भन्यो गायिका बबिना किराँती संगैको युगल आवाजमा भिडियो यूएस मिडिया नेटवर्कको यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

गायक बिमर्षी स्वयंको शब्द तथा संगीतमा सार्वजनिक यस गीतमा पछिल्लो समय चर्चामा रहेका कलाकार हरिश निरौला, चक्र बम र उषा उप्रेतीको अभिनय रहेको छ ।

नेप सिने म्युजिकले पब्लिसिङ र डिस्ट्रिब्यूसनको जिम्मा लिएको यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेका कलाकार हरिश निरौला, चक्र बम र उषा उप्रेतीको अभिनय रहेको छ ।

बिधान कार्कीको निर्देशनमा निर्माण भएको भिडियोमा उत्सव दाहालको छायांकन तथा बिकाश दाहालको सम्पादन रहेको छ ।

‘अन्तराष्ट्रिय मान्छे’लामो समयदेखी स्रोता दर्शकको पर्खाईमा रहेको गीत हो । नेपाली सांगीतिक क्षेत्रमा लामो यात्रा तय गरेका र पछिल्लो समय ओई भन्यो मायाले गीतबाट अत्याधिक चर्चामा आएका गायक विमर्षिको यस गीत पनि सफल हुनेमा निर्माण टिम आशावादी देखिएको छ भने गीतको अडियो भिडियो निर्माणमा समेत मेहनत गरेकाले गीत र भिडियो दुवै उत्कृष्ट बनेको छ भने गीतको टिजर सार्वजनिक भएपछि दर्जनौं टिकटक समेत बनिरहेका छन् ।

गीत सार्वजनिक तथा प्रमोशनको जिम्मेवारी लिएको यूएस मिडिया नेटवर्क तथा युएस खबर डटकमका संचालक किशन रेग्मीका अनुसार यूएस मिडिया नेटवर्क तथा यूएस खबर डटकम अमेरिकाबाट सञ्चालित नेपाली अनलाई समाचार पोटर्ल हो जसले गैर आवासिय नेपाली संघ निकट रहेर नेपाली समुदाय संवद्ध समाचार, नेपाल र अमेरिकाका कला, संगीत, संस्कृती, राजनितीक लगायतका बिबिध बिषयमा कलम र आवाज मार्फत समाचार सेतुका रुवमा काम गरिरहेको छ ।

पछिल्लो बर्षयता यूएस मिडिया नेटवर्कले नेपाली संगीत क्षेत्रमा नयाँ गीतहरु सार्वजनिक गर्दै आईरहेको छ । यस अघि भूर्भूर पुतली, कान्छि हे कान्छि, रे पटम फरर, कुम जोडी लगायतका गीतहरु सार्वजनिक छन् ।

रेग्मीका अनुसार अन्तराष्टिय मान्छे नेपाली मौलिक मिठासमा सबै बर्गले मन पाराउने गीत बनेकाले गीतको स्रोता, दर्शक र मिडियाका साथीहरुले समेत गीतको उचित मुल्याङकन गर्नेमा ब्यक्तीगत र अन्तराष्टिय मान्छे युनिट बिश्वस्त रहेको छ ।

TOP