‘एकीकृत सेवा प्रणाली’ सञ्चालनमा ल्याउने सरकारको घोषणा
सरकारले आगलागी, डढेलो र आपराधिक क्रियाकलाबाट सख्त घाइते भएकाहरूलाई शीघ्र उद्धार गरी उपचार गर्न राष्ट्रिय एकीकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी एकीकृत रूपमा सञ्चालन हुने गरी राष्ट्रिय एकीकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याइने बताएका हुन् ।