ए डिभिजन लिगः थ्री स्टार र हिमालयन शेर्पा तथा चर्च ब्वाइज र सातदोबाटो खेल्दै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् ।

आज थ्री स्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबबीच खेल हुँदैछ । थ्री स्टार र हिमालयन शेर्पाको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ । थ्री स्टार १५ अङ्कसहित तेस्रो स्थानमा र हिमालय शेर्पा ९ अङ्कसहित तेह्रौँ स्थानमा छ ।

यस्तै, चर्च ब्वाइज र सातदोबाटोको खेल बेलुकी ६ बजे दशरथ रङ्गशालामा हुनेछ । मनाङ १५ अङ्कसहित पाँचौँ र समान अङ्क भएको चर्च ब्वाइज छैटौँ स्थानमा छ ।

TOP