Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

‘एमालेलाई राष्ट्रपति होईन रबर स्ट्याम्प राष्ट्रपति चाहिएको हो’ – काँग्रेस नेता पौडेल

आज बसेको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले यमालेप्रति तिक्तता व्यक्त गर्दै व्यांग्यात्मक शैलीमा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प चाहिएको बताएका हुन् ।

एमाले अध्यक्ष ओलीलाई सुपर प्रधानमन्त्रीको संज्ञा दिंदै नेकपा एमालेप्रति व्यंग्यात्मक भाषा प्रयोग गरेका सांसद पौडलले एमालेलाई आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको बताएका हुन् ।

ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रस्तुत गरिरहेको भन्दै तत्कालिन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गरेका पौडेलले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको दावी गर्दै सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित समेत गरेका छन् ।

TOP