Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

‘संस्थामा आउने सानातिना विवाद बिर्सेर एकतापूर्वक एजिएम सफल पारौं’-अध्यक्ष सुवेदी

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धी सागर सुवेदीले जुलाई ३ र ४ तारिखका दिन नर्थ क्यारोलिनामा हुने ११ औं साधारण सभा तथा विज्ञ सम्मेलनको तायारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । नर्थ क्यारोलिना एजिएम सालिन र बृहत रुपमा सम्पन्न गर्ने लक्ष्य राखेका एनसीसी अमेरिकाका अध्यक्ष सुवेदीले असन्तुष्ट कृष्ण लामिछाने पक्षसंग ६ बुँदे सहमती गरेर नर्थ क्यारोलिना एजिएमको तयारीलाई अझ फराकिलो बनाएका हुन् ।

बृहत संस्थामा कतिपय साना तिना समस्या देखिनुलाई सामान्य लिनुपर्ने आषय सहित उनले वार्ता र संवादको दिशावाट नै सहमतीको विन्दु खोजेर समाधान गर्नुपर्ने तर्फ ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो विवादका बारेमा अध्यक्ष सुवेदीले भनेका छन् ‘कहिले काही केही बिषयहरू उठ्ने गरेपनि यसको अर्थ संस्था कमजोर भयो भन्ने कदापि होईन, हामी सबै गैर आवासीय नेपाली हौं, हामी सबै गैर आवासीय नेपाली अभियानमा सँगै थियौं, छौं र हुनेछौं ।’

। गैर आवासीय नेपालीको हितका लागि अझ प्रभावकारी ढंगवाट कार्य गर्नका लागि संघ कसरी अघि बढ्नु पर्दछ र संघले आगामी दिनको यात्रा कसरी अघि बढाउनु पर्दछ भन्नेबारे सबैको धारणाले महत्व राख्ने उल्लेख गर्दै सुवेदले विज्ञ सम्मेलन एनसीसी अमेरिकाको कार्यक्रम नभई अमेरिकामा रहेका सबै नेपालीको प्रतिष्ठाको बिषय भएको बताएका छन् ।

साधारणसभाका लागि आवश्यक रजिष्ट्रेशन खुल्ला गरिएकाले आफ्नो नाम रजिष्ट्रर गर्नका लागि पनि आग्रह गरेका सुवेदीले सबैको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेका छन् ।

संघको विधानमा पनि केही थप घट आवश्यक रहेको देखेमा सदस्यहरुले समयमा नै सुझाव पेस गर्न गनुरोध गरेका उनले एनआरएनए अमेरिकालाई शसक्त ढंगवाट एनआरएनएहरुका लागि काम गर्न सक्ने बनाउनका सबैको उत्तिकै महत्वपूर्ण साथ रहेको भन्दै आभार प्रकट गरेका छन् । अध्यक्ष सुवेदीले अमेरिकामा बसोबास गर्ने सम्पूर्ण गैर आवासीय नेपालीको साझा थलोका रुपमा रहेको एनसीसी अमेरिकाको आसन्न साधारण सभालाई सफल पार्ने दायित्व पनि सबैको भएको भन्दै सबैको सुझाव, सल्लाह र मार्ग दर्शनको लागि अनुरोध गरेका गरेका छन् ।

त्यस्तै हालै सम्पन्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा नेपाली राष्ट्रिय क्रिकेट टोली समेत सहभागि रहेको एनआरएनए एनसिसी युएसए कप सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जुन कुनै प्रकारले सहयोग गर्ने संस्था तथा व्यक्तिहरुमा अध्यक्ष सुवेदीले आभार व्यक्त गरेका छन् ।

TOP