मुस्ताङको दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको मतपरिणाम सार्वजनिक
स्थानीय तह निर्वाचन अन्तर्गत मुस्ताङको २ गाउँपालिकामा मतगणना सकिएको छ । सम्पन्न मत गणनाबाट मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेको पूरै प्यानल विजयी भएको हो ।
एमालेको पूरै प्यानल विजयी भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अध्यक्षमा लोप्साङ छोम्फेल बिष्ट फराकिलो मतान्तरले विजयी भएको छ । बिष्टले ६ सय ८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेकपा समाजवादीका देबबहादुर गुरुङले १ सय ८५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार छिरिङ ल्हामो गुरुङ पनि ६ सय ४१ मत सहित विजयी भएकी छन् उनिसंग प्रतिस्पर्धामा रहेकी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत प्राप्त गरेकी छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वडा नम्बर २ र वडा नम्बर ५ मा नेकपा एमालेका वडाध्यक्ष सहित ३ जना सदस्य विजयी भएका छन् ।
त्यस्तै मुस्ता मुस्ताङको घरपझोङ गाँउपालिकामा अध्यक्षमा कांग्रेका उमेदवार मोहन सिह लालचन, उपाध्यक्षमा कांग्रसकी उमेदवार जमुना थकाली निर्वाचित भएकी छन ।