साथीलाई कुटपिट गरी भिडिओ बनाउने १३ बालिका पक्राउ

मोरङको एक विद्यालयमा आफ्नै साथीलाई कुटपिट गर्दै भिडिओ बनाउने १३ जना बालिका पक्राउ परेका छन्।
मिक्लाजुङ गाउँपालिका– ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो । घटना हेर्दा १४ वर्षीया बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सामुहिकरूपमा कुटपिट गरी भिडिओसमेत बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सामूहिक घटना भएकोले यस बारेमा गम्भीररूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

TOP