Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

गृहमन्त्री खाणलाई राप्रपाका दिपक बोहोरा चुनौती बन्दै: विवाद सृजना गर्दा पनि बढेन खाणको मत

रुपन्देही क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बोहोराको अग्रता कायम नै रहेको छ । गृहमन्त्री बालकृष्ण खाणसंग प्रतिस्पर्धामा रहेका राप्रपाका बोहोरा ३० हजार ५ सय ७७ मत सहित अग्र स्थानमा रहेका छन् ।

कांग्रेका तर्फबाट उमेद्वार रहेका खाणको मत पछिल्लो २ दिन यता बढ्न सकेको छैन । ५३ घण्टा पहिले अग्र स्थनमा रहेका उनि त्यस पछि भने राप्रपा उमेद्वार तथा पूर्व मन्त्री बोहोरा संग निरन्तर पछाडी रहेका छन् ।

बोहोरा र खाणको प्रतिस्पर्धा सुरुवाती समयबाट रोचक भै रहेको छ । झण्डै बराबरीको मत संख्या प्राप्त गर्दै अघि पछि हुँदै आएका उनिहरु मध्य अहिले बोहोराले १ हजार ३ सय २२ मत को मतान्तरले खाणलाई पछि पारेका छन् ।

बोहोराको मत बढ्न थालेपछि यस क्षेत्रमा कांग्रेस कार्यकर्ताले मत गणनामा अबरोध समेत पुर्याएका थिए । बोहोराको मत बढ्न थालेपछि कांग्रेस प्रतिनिधिले आफ्नो पार्टिले स्थानिय निर्वाचनमा जितेका वडामा पनि हलोमा कसरी मत गयो भन्ने प्रश्न गर्दै विवाद सृजना गरेको आरोप राप्रपाको छ । बुधबार राति नेपाल प्रहरिका एकजना अधिकृतले गणना स्थलमा निर्वाचन आचरसंहिता बिपरित काम गरेको भन्दै राप्रपा, एमाले, जसपा र स्वतन्त्र लगायतले विरोध गरेपछि गणना स्थलमा सशस्त्र प्रहरिले सुरक्षा दिएका थिए ।

रोचक प्रतिस्पर्धा भै रहेको यस क्षेत्रमा गृहमन्त्री खाणसंग प्रतिस्पर्धामा रहेका बोहरा पञ्चायत कालमा दुई पटक राष्ट्रिय पञ्चायत सदस्य र २०७० मा संविधानसभा सदस्य रहेका नेता हुन् । पञ्चायत कालमै तीन पटक पर्यटन र दुई पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका उनि ९ पटकसम्म मन्त्री भएका पुराना नेता हुन् ।

गणतन्त्रपछि पनि बोहोरा २०६७ सालमा वन तथा भू–संरक्षण मन्त्री र २०७३ सालमा आपूर्तिमन्त्री रहेका थिए ।

TOP