एउटा शव सहित १ सय ६६ नेपाली ओमानबाट फिर्ता
ओमानबाट १ सय ६६ नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना संक्रमणपछि समस्यामा परेका १ सय ६६ जनालाई सोमबार सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत स्वदेश फिर्ता गरिएको हो ।
फिर्ता भएका मध्य सो एअरमा एक नेपालीको शव पनि रहेको छ । विश्व ब्यापि महामारी कोभिड १९ का कारण असहज अवस्थामा रहेका नेपालीहरुलाई ओमान स्थित नेपाली दुतावासको सहयोगमा स्वदेश पठाईएको हो ।
फिर्ता भएका सबै नेपालीको ओमानस्थित नेपाली दूतावासका अनुसार ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच ओमानमा नै गराईसकिएको छ । पिसिआर परिक्षण भै सकेकाले उनिहरु अव सिधै क्वरेण्टीनमा रहनेछन् ।
सलाम एयरको दोस्रो उडान असार ४ मा हुँदैछ । दोस्रो उडान मार्फत १ सय ८० जना नेपाली स्वदेश फर्कने भएका छन् ।