सुरक्षामन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्सका भ्रमण
नेपाल यूएई संयुक्त समितिको बैठकमा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमबार प्रस्थान गर्ने भएका छन् ।
रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका विषयमा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीसँग छलफल गर्ने भएका छन् । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा।थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का रहेका छन् ।