Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

कुशे औंशी र तीजले संक्रमण बढाउन सक्छ – डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं | हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् | को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन | तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु | त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ | हल्का र सधैझैँ सामान्य खाना खाने गरौँ | दरले डर हुन्छ | घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ | यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं / हेरौं |
.
त्यस्तै कुशे औंशीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुवालाई भेट्न सकभर नजानुहोला | हामी संक्रमित हुनसक्छौं | हामीलाई संक्रमणले असर नगरेपनि बुवाआमा जेष्ठ नागरिक हुनुहुन्छ | उहाँहरुमध्ये धेरै जना औषधिसेवी हुनुहुन्छ | संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ |
.
यसपटक १ जना पाहुनालाई समेत घरमा बोलाउने काम नगरौं, आफुपनि पाहुना भएर कतै नजाऔं | महामारीबाट मुक्ति मिलेपछि हरेक दिन चाडपर्व हुनेछन् | दिदीबहिनी वा चेलीबेटीलाई नबोलाए उनीहरुले के भन्छन् होला, बुवाआमालाई नभेट्दा उहाँहरुले के सोंच्नुहोला भनेर हामीले नसोचौं | महामारीको समयमा पाहुना नबोलाएमा वा आफुपनि नगएमा उहाँहरु खुसी हुनुहुनेछ |
.
यसपटक फोन वा भर्चुवल माध्यमद्वारा शुभकामना तथा आशिर्बाद आदानप्रदान गरौँ |

TOP