Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

बदलाको पराकाष्ट: बाजुरामा मतदानका दिन कांग्रेस युवाको मृत्यु भएपछि एमाले विद्यार्थी नेताको हत्या गरियो

आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एमाले र कांग्रेस विचको झडपमा कांग्रेस निकट २५ बर्षिय युवकको मृत्यु भएपछि बदलामा कांग्रेस कार्यकर्ताले एमालेका विद्यार्थी नेताको हत्या गरेका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ बर्षिय सुरेन्द्र ऐडीको मृत्यु भएको थियो । उनको मृत्युको बदला लिन कांग्रेस निकट युवाहरुले नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या गरेका छन् ।

दिउँसोको झडपमा आफ्ना कार्यकर्ताको निधन भएपछि राति कांग्रेस निकट व्यक्तीहरुले घरमा बसिरहेका चेतनलाई घरबाट झिकेर हत्या उदेश्यले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाईते भएका चेतनको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको हो ।

देशमा प्रतिनिधि छनौट गर्ने नाममा २ युवाको हत्या हुनु अत्यन्त दुखद घटना हो । त्यसमा पनि प्रहरीको गोली लागेर मृत्यु भएका युवाको बदला लिन अर्को दलका युवाको जानाजान हत्या गरिनु सबै भन्दा निन्दनिय पक्ष पनि हो । देश निर्वाचनमय बनिरहेका बखत एकै ठाउँका २ युवाले निर्वाचनका नाममा ज्यान गुमाएका छन् भने परिवारले जवान छोरा गुमाएको छ ।

प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सुरेन्द्र ऐडी

TOP