ए.एन.ए. ले डालसमा रास्ट्रीय सम्मेलन संगै नेपाली चलचित्र महोत्सब गर्दै
ए.एन.ए. को अगुवाईमा हुने अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलन टेक्सस राज्यको ड्य़ालास शहरमा हुने जानकारी ए.एन.ए. का अध्यक्ष विजयराज भट्टराइले गराउनुभयो। भट्टराइका अनुसार जुलाई २ र ३ मा नेपाली समाज टेक्सासको को-होष्टमा गरिनेछ।
मार्च १२ शनिवार आयोजित पत्रकार तथा सामाजिक संघ संस्थाहरुलाई जानकारी दिन राखिएको कार्यक्रममा सम्मेलनका चेयर तथा ए.एन.ए. का अध्यक्ष विजयराज भट्टराइ र नेपाली समाज टेक्सास (एन एस टी) का अध्यक्ष तथा कन्भेनर राजेन्द्र वाग्लेले कार्यक्रमको बिष्तृत जानकारी गराउनुभयो।
सम्मेलनका चेयर तथा कन्भेनर द्वारा हस्ताक्षरित प्रेस रिलिजमा सवै संघ संस्थाहरुलाई जोडिएर यस सम्मेलनलाई नेपालीहरुको एउटै आवाजको रुपमा अघि बढाउन समेत अनुरोध समेत गरिएको छ। सम्मेलनमा नेपाल फोरम, टेक्नोलोजिकल ट्रान्सफर्मेशन, बिजनेस फोरम, किड्स इभेन्ट्स, वुमेन्स फोरम, ब्रेन गेन/ब्रेन ड्रेन, डिजे/कन्सर्ट, स्पोर्ट्स को अलावा फिल्म फेस्टिभलको आयोजना गरिने जानकारी आयोजित पत्रकार भेटघाटमा गराइयो।
अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई ए.एन.ए. महिना पनि भन्ने गरिन्छ। सन १९८३ को स्थापनाकाल देखि नै जुलाई ४ को सप्ताहन्त यस संस्थाले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ। अमेरिकामा रहेका ठूला ठूला संस्थाहरुको आयोजनामा शुरु गरिएको नेपाली नेशनल कन्भेन्सन शुरु भएको हो।
यी कार्यक्रमहरुमा संसारका बिभिन्न देशमा रहेको प्रबुद्ध नेपालीहरु, आ-आफ्नो बिषयमा विज्ञता प्राप्त व्यक्तिहरु समेटेर बिशेष जानकारी मूलक फोरम कार्यक्रमहरु राखिएको छ। उक्त कार्यक्रमहरु बाट नेपाली समुदायले प्रत्यक्ष लाभान्वित हुनसक्ने विश्वास गरिएकोछ।
ए.एन.ए. बोर्ड अफ डिरेक्टर कृष्ण कुसुमले संचालन गर्नुभएको उक्त कार्यक्रममा टेक्सासको डाल्लास क्षेत्रमा रहेका पत्रकारहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।