Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

बिज्ञान राई निर्देशित हिन्दी गीतको भिडियो सार्वजनिक

निर्देशक बिज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । पोखरामा छायांकन भएको ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो ।

भारतिय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले भिडियोको निर्माण गरेको हो । भिडियोको सुटिङ ३ बर्ष अघिनै भएको थियो । कोभिडको कारणले गर्दा भिडियो सार्वजनिक भने ढिलो भएको बताइएको छ । ए एम तुराजको शब्द रहेको गीतमा राजु सरदारले संगीत भरेका हुन् भने गीतलाई अल्टमाश फरिदीले गाएका छन् ।

भिडियोमा स्वस्ति कोथारी र सुसील कुमार ऐलानीको अभिनय रहेको छ । भिडियो छायांकन नेपालमै भएको हो । नेपालकै सम्पुर्ण टेक्नीकल टीमले भिडियोको निर्माण गरेको हो । भिडियोका छायांकार संजय लामा हुन भने भिडियोलाई निर्देशक बिज्ञान राईले नै सम्पादन गरेका छन् । राजेन्द्र मोक्तानले भिडियोमा रंग संयोजनको काम गरेका छन् । यसअघि यहि कम्पनीसंग निर्देशक बिज्ञानले दई वटा भिडियोको निर्देशन गरिसकेका छन् ।

जसमा ‘फास्लो पे’ र ‘प्यारका नसा’ रहेका छन् । दुबै गीतले उत्कृष्ट प्रतिक्रिया पाएका छन् । अब चाडै अरु हिन्दी भिडियो कोभिडको भय केही कम हुने बितिकै छायांकनमा जाने निर्देशक बिज्ञानले बताए । नेपाली निर्देशकले हिन्दी गीतको भिडियो निर्देशन गर्नु गौरभको कुरा हो ।

बिज्ञान र उनको टेक्नीकल टिमले हिन्दी भिडियोमा काम गरेसंगै क्षमता भएका र क्रिएटिभ काम गर्न सक्ने नेपाली टेक्निकल टिमको लागि भारतिय बजारमा बाटो खुल्ने संकेतको रुपमा हेर्न सकिन्छ । बिज्ञान राई निर्देशनसंगै सम्पादनमा समेत दक्ष सम्पादकका रुपमा चिनिन्छन् ।

TOP