Trending

भर्जिनियामा गुञ्जिदै कालीप्रसाद बास्कोटा

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले अमेरिकामा सांगेतिक प्रस्तुति दिने भएका छन्। अमेरिकाको भर्जिनिया राज्यमा हुने दशैँ तिहार मेलामा बास्कोटाले प्रस्तुति दिने भएका हुन्।

डिटी फेस्टिभल अर्थात् दशैं तिहार मेला २०२३मा बास्कोटासँगै अन्य चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने आयोजकले जनाएको छ। कार्यक्रम डिसी क्षेत्रको भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्डमा हुनेछ।

थ्री इन्टरटेन्टमेन्टले आयोजना गरेको सो कार्यक्रम १४ अक्टोबर शनिबारका दिन साँझ ६ बजे देखि प्रारम्भ हुनेछ। थ्री इन्टरटेन्टमेन्टले गत वर्षको दशैमा पनि सफलता पुर्वक दशैँ तिहार मेला सम्पन्न गरेको थियो।

TOP