Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

स्व. कमल शर्मा स्मृति साँझ – ड्यालस फोर्टवर्थमा बसोवास गर्ने नेपाली समुदायलाई स्वास्थ्य सम्बन्धि सचेतना

टेक्सास, अमेरिका
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायलाई क्यान्सर रोग लगायत स्वास्थ्य सम्बन्धि बिविध विषयमा जानकारी दिईएको छ ।
अर्भिङको करि लिफ रेष्टुरेन्टमा शनिबार आयोजना गरिएको स्व. कमल शर्मा स्मृति साँझ कार्यक्रममा सहभागि भएका नेपाली समुदायलाई स्वास्थ्य क्षेत्रका बिशेषज्ञहरुले सचेतना दिएका हुन ।
सामाजिक अभियन्ता श्रुती उप्रेतीले सन्चालन गर्नु भएको सचेतना कार्यक्रममा डा. बिष्णुमाया उपाध्याय, डा. श्रीदेबी जुभादी र रमा सापकोटाले क्यान्सर रोगका साथै अमेरिकी जीवनशैलीमा कसरी स्वस्थ रहने, स्वस्थ रहनका लागि ध्यान दिनुपर्ने कुराको वारेमा जानकारी दिईएको कमल शर्मा फाउण्डेशनले जनाएको छ ।
कमल शर्मा फाउण्डेशनको आयोजना गरिएको स्व. कमल शर्मा स्मृति साँझ कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष दिनेश शर्मा, एचडिएनपी ईन्टरनेशनलका प्रमुख देबीडेभिड आचार्य, प्रोस्परेटी बैंकका ब्रेट वेल लगायतका बक्ताहरुले स्वास्थ्य सम्बन्धि जानकारीको आबश्यकता, स्व. कमल शर्माले नेपाली समुदायलाई पुर्याएको योगदानको वारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा कुशल नृत्यकार बन्दना नेपालद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै बाग्लुङ जिल्लाको धौलागिरी अस्पतालको लागि प्रदान गर्न लागिएको स्वास्थ्य सामग्रीको वारेमा समेत घोषणा गरिएको कमल शर्मा फाउण्डेशनकी अध्यक्ष सरिता शर्माले बताउनु भयो ।

 

 

TOP