आचार संहिता उल्लङ्घन गरेका उमेद्वारद्वय योगेश भट्टराई र बिना मगरलाई आयोगले माग्यो स्पस्टिकरण
मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा उमेद्वार रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का दुई उम्मेदवार तथा युवा नेता लाई निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ ।आयोगले ताप्लेजुङ र कञ्चनपुबाट प्रतिनिधिसभा सदस्य पदका उमेद्वारद्वय एमालेका योगेश भट्टराई र माओवादी केन्द्रकी बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण मागेको हो ।
एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।
त्यस्तै माओवादी केन्द्रकी मगरले पनि आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा आचारसंहिता विपरीत हुने गरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको भनी उजुरी परेपछि उनलाई पनि आयोगले स्पस्टिकरण मागेको हो ।
उमेद्वार नेताहरुलाई आयोगले “निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ?” स्पष्टीकरणमा भनिएको छ,।