अमेरिकी मधेसी समाजले मनायो नयाँ बर्ष
अमेरिकी मधेसी समाजले एक वृहत पिकनिक कार्यक्रम आयोजना गर्दै नयाँ बर्ष मनाएको छ । शनिवार टेक्ससको ग्रेभाइन लेकमा पिकनिक कार्यक्रम आयोजना गरि शुभकामना साटासाट गरि नयाँ बर्ष मनाएको हो ।
कार्यक्रममा नेपाली समाज टेक्ससको नवनिर्वाचित कार्यसमितीललाई सम्मान तथा सफल कार्यकालको शुभकामना समेत दिएको थियो । कार्यक्रममा समाजका अध्यक्ष शशि यादवले नवनिर्वाचित अध्यक्ष राजेन्द्र वाग्ले, उपाध्यक्ष जनक भण्डारी, महासचिब सन्देश उप्रेती, महिला संयोजक गुन्जन भण्डारी, सदस्य विजयराज भुषाल लगायतलाई खादा ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र वाग्लेले सबैलाई मतदानको लागी धन्यवाद दिदै आफ्नो समाबेशिताको नारा सदैव कार्यान्वयनमा आउने बताएका छन् । नयाँ बर्षको शुभकामना दिदै वाग्ले सबैको साझा र अपनत्व महसुस हुने नेपाली समाज टेक्सस बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नवनिर्बाचित महासचिव सन्देश उप्रेतीले सम्पूर्ण नेपाली समुदायको एकता र सहकार्य अहिलेको आवश्यकता भएको र यसका लागी आफ्नो कार्यकालमा महत्वपूर्ण रहने जनाएका छन् । कार्यक्रममा अमेरिकी मधेसी समाजका महासचिब मुकेश यादवले सबैलाई धन्यवाद ब्यक्त गर्दै यस खालको कार्यक्रमले हामी नेपाली सामुहिक एकता सन्देश दिन सक्ने बिश्वास ब्यक्त गरेका छन् ।
नेपाली समाज टेक्ससका नवनिर्वार्चीत उपाध्याक्ष जनक भण्डारी, महासचिव सन्देश उप्रेती, महिला संयोजक गुन्जन भण्डारी र कार्यकारी सदस्य बिजयराज भुषालले मतदानका लागी धन्यवाद ब्यक्त गर्दै नयाँ बर्ष २०२२ को शुभकामना साटेका थिए ।
अमेरिकी मधेसी समाज केन्द्रीय समिती र टेक्सस च्याप्टरको आयोजना सम्पन्न कार्यक्रममा २०० बढिको सहभागी रहेको थियो ।